Sunday, 17 January 2016

गुप्टिल र विलियम्सनको कीर्तिमानी साझेदारीसँगै न्युजिल्याण्डको सनसनीपूर्ण जित |


ह्यामिल्टन, माघ ३ । न्युजिल्याण्डले पाकिस्तानविरुद्धको दोस्रो टि–ट्वेन्टी क्रिकेटमा १० विकेटको सनसनीपूर्ण जित हासिल गरेको छ । जितसँगै ३ खेलको ट्वेन्टी–ट्वेन्टी क्रिकेट शृङ्खलामा न्युजिल्याण्डले १–१ को बराबरी गरेको छ ।


न्युजिल्याण्डको ह्यामिल्टनमा आज दिउँसो सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको१६९ रनको चुनौती घरेलु टोलीले मात्र १७.४ ओभरमा बिना कुनै विकेटको क्षतीमा पुरा गर्‍यो । न्युजिल्याण्डलाई रवाफिलो जित दिलाउने क्रममा मार्टिन गुप्टिलले ८७ तथा केन विलियम्सनले ७२ रनको योगदान गरे । न्यूजिल्याण्डका लागि टि–ट्वेन्टीमा पहिलो विकेटका लागि गुप्टिल र विलियम्सनले १७१ रनको कीर्तिमानी साझेदारीसमेत गरे । यी दुबैले यसअघि आफ्नै नाममा रहेको १३७ रनको कीर्तिमान तोडेका हुन् ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले उमर अकमलको ५६ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६८ रन जोडेको थियो । न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तानले पहिलो टि–ट्वेन्टी खेलमा भने जित हासिल गरेको थियो । अब यी दुई राष्ट्रबीचको तेस्रो तथा निर्णायक खेल आगामी शुक्रबार वेलिङ्टनमा हुने छ ।

0 comments:

Post a Comment