Tuesday, 26 January 2016

के गर्छन् हाँस्य कलाकारका बास्तविक श्रीमती ?


काठमाडौं, १२ माघ - सफलताका लागि लगातारको मिहेनत र प्रयास चाहिन्छ। मिहेनत र प्रयाससँगै सफलताका लागि जीवनसाथीको पनि उत्तिकै साथ र सहयोग आवश्यक हुन्छ। तर हरपल आफ्ना खुसी छोडी जीवनसाथीको सफलताको खम्बा बनेका भने ओझेलको पात्र झै छन्। के गर्दै छन् त उनीहरु?

दीपकराज गिरी/मेनका गिरी
सधैँ तीतोसत्यमा दीपाका श्रीमानका रुपमा देखिने दीपकराज गिरीकी वास्तविक श्रीमती भने मेनका हुन्। काठमाडौं दहचोक-२ थानकोटमा जन्मिएका दीपकराज गिरी अहिले सिनामंगलबासी भएका छन्। तीतोसत्य टेलिश्रृंखलाको लोकप्रियताले उनलाई सफल स्थापित गराइदियो। टेलिश्रृंखलाबाट पाएको सफलताले गिरीको हौसला थप बढायो। उनी अहिले चलचित्र निर्माणमा व्यस्त छन्। उनले ६ एकान ६ र वडा नम्बर ६ बनाइसकेका छन्। तर यिनै दीपककी श्रीमती मेनकाको चर्चा भने कहीँ कतै पाइँदैन। दुई छोरा र एक छोरीकी आमा मेनका घरगृहस्थीमा व्यस्त छिन्। निकै सरल स्वभावकी उनी सार्वजनिक कार्यक्रममा पनि त्यति देखिन्नन्।

केदार घिमिरे/सीता घिमिरे
माग्ने बुढाका नामले चिनिने केदार घिमिरेकी श्रीमती हुन् सीता घिमिरे। मेरी बास्सैैबाट निकै चर्चा कमाएका उनलाई केदार घिमिरेभन्दा पनि माग्ने बुढा भनेर धेरैले चिन्छन्। मकवानपुरमा जन्मिएका घिमिरे अहिले ललितपुर इमाडोलमा बस्छन्। तीतोसत्य, जिरे–खुर्सानीमा अभिनय गरेपनि उनलाई मेरी बास्सैैले लोकप्रिय बनायो। केदार घिमिरेकी जीवनसाथी सीता घरगृहस्थीसँगै बाइक र कार पनि उत्तिकै राम्रो चलाउँछिन। मेरी बास्सै टेलिश्रृंखलामा उनीले माग्ने बुढाको जेठी श्रीमतीका रुपमा पनि अभिनय गरेकी छिन्। यो जोडीको पनि एक छोरा र एक छोरी छन्।


मनोज गजुरेल/मीनु ढकाल गजुरेल
हाँस्यव्यंग्यकार मनोज गजुरेलको कलाले धेरैलाई चकित तुल्याउँछ। ताप्लेजुङमा जन्मिएपनि उनी भक्तपुरको बालकोटीबासी भइसकेका छन्। पूर्व राजा ज्ञानेन्द्र शाह, योग गुरु रामदेव, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, एमाले नेता माधवकुमार नेपाललगायतको हाउभाउ र बोली दुरुस्तै नक्कल गर्ने गजुरेलकी श्रीमती बुटिक चलाउँछिन्। गजुरेलकी श्रीमती मीनु ढकाल गजुरेलको बागबजारमा बुटिक छ। गृहस्थी र बुटिकलाइसँगै अगाडी बढाइरहेकी मीनु कहिले काहीँ गजुरेलसँगै सार्वजनिक कार्यक्रममा पुग्ने गरेकी छिन् । यो जोडीको एक छोरा र एक छोरी छन्।

सिताराम कट्टेल (धुर्मुस)/कुञ्जना घिमिरे (सुन्तली)
रिल र रियल लाइफका जोडी धुर्मुस र सुन्तली यी दुईलाई नचिन्ने सायदै नहोलान् । भूकम्पपछि उनीहरु कलाकारितामा मात्रै सिमित भएनन् सामाजिक कार्यमा समेत लागे। काभ्रेमा भूकम्प पीडितका लागि एकिकृत बस्ती निर्माण गरेपछि यो जोडिको चर्चा सर्वत्र छ। सोलुखुम्बुमा जन्मिएका धुर्मुस अहिले ललितपुरको धापाखेलका निवासी भइसकेका छन्। हाँस्य क्षेत्रमा लागेर नै यो जोडीले धापाखेलमा घर बनाएका हुन्।

जितु नेपाल/मुना नेपाल
सिन्धुपाल्चोका जितु नेपाल (मुन्द्रे) की श्रीमती सरकारी कर्मचारी हुन्। जागिरसँगै घरपरिवारको हेरविचारमा व्यस्त मुना नेपाल कहिले काहीँ विज्ञापनमा पनि देखिन्छिन्। एकछिनमा रिसाउने एकैछिनमा खुसाउने यो जोडिको दुई सन्तान छन्। हाँस्य क्षेत्रमा लागेर उनले काठमाडौँको नरेफाटमा घर बनाएका छन्।

दमन रुपाखेती/दमयन्ता गुरुङ
नेपाली हाँस्य क्षेत्रमा स्थापित दमन रुपाखेतीकी श्रीमती गृहणी हुन्। सन्तान र घर व्यवहारमा व्यस्त दमयन्ता श्रीमानको हर काममा सहयोग गर्छिन। काठमाडौं थानकोटका स्थानीय बासिन्दा दमनले मेरी बास्सै, झ्याईंकुटी झ्याई, हाकाहाकीलगायत धेरै टेलिश्रृंखलामा अभिनय गरिसकेका छन् । दमयन्ता गुरुङ सार्वजनिक कार्यक्रममा खासै उपस्थित हुनन्।

किरण केसी/सीता केसी

काठमाडौंका स्थानीय बासिन्दा हुन किरण केसी (राता मकै) । उनको ललितपुर इमाडोलमा घर छ। जिरे खुर्सानी बाहेक उनी मह सञ्चारले निर्माण गरेका थुप्रै टेलिफिल्म र फिल्ममा देखिएका छन्। उनी अहिले सामाजिक काममा पनि सक्रिय छन्। उनको जीवनसंगीनी हुन् सीता केसी। आफ्नो जीवनसंगीनीको दिर्घायुको कामना गर्दै किरण केसी व्रत बस्ने गर्दछन्। सीता घरगृहस्थी सम्हालेर बसेकी छिन्। उनीहरुको दुई छोरा र एक छोरी छन्।

शिवहरी पौडेल/लक्ष्मी पौडेल
‘प्वाक्क मुखाँ हान्नु’ जस्तो थेगोबाट लोकप्रिय बनेका शिवहरी पौडेल सरकारी कर्मचारी पनि हुन् । उनी नेपाल राष्ट्र बैंकमा काम गर्थे । उनको जीवनसाथी हुन् लक्ष्मी पौडेल । यो जोडीको काठमाडौंको नैकापमा घर छ । लक्ष्मी सरकारी विद्यालयमा पढाउछिन् ।

राजाराम पौडेल/ईश्वरी पौडेल
काठमाडौंको नक्सालका राजाराम पौडेल पुराना हाँस्यकलाकार हुन्। जिरे खुर्सानीसँगै चलचित्रमा देखिने राजाराम पौडेलकी जीवनसाथी हुन् ईश्वरी पौडेल । एकअर्कालाई मनपराएर यो जोडी वैवाहिक सम्बन्धमा बाँधिएको हो । ईश्वरी वन विभागको अवकाश प्राप्त कर्मचारी हुन् । उनीहरुको दुई छोरा छन्।

सुरविर पण्डित/कान्छी मैँया पण्डित
मेरी बास्सैमा ‘दाह्रीबा’का रुपमा देखिने कलाकार सुरविर पण्डित कलाकारितासँगै खेतीपातीमा व्यस्त हुन्छन् । खेतीपातीको काममा उनलाई श्रीमती कान्छी मैँयाले निकै सहयोग गर्दछिन् । पण्डितका तीन छोरी र एक छोरा छन्। फर्सी नेटवर्कको सहयोगमा

0 comments:

Post a Comment