काठमाडौँ, १६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप त्रिकेटअन्तर्गत आयरल्यान्डले नेपालसामु पेश गरेको १३२ रनको सामान्य स्कोरको चुनौती नेपालले मात्र २ विकेट गुमाएर पुरा गरेको छ । योगेन्द्र सिंह कार्कीको अविजित ६१ रन तथा आरिफ शेखको नट आउट ३१ रनको मद्धतले नेपालले आफ्नो लक्ष्य २५.३ ओभरमा नै भेटाउन सफल भयो | यस जित संगै नेपाल क्वाटर फाइनल पुग्ने निश्चित भएको छ | बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पुरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो ।
आयरल्यान्डका सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए । त्यस्तै, दीपेन्द्र ऐरीले २ तथा सुनिल धमला र सुशील कँडेलले १÷१ विकेट झारे । नेपाली धारिलो बलर सामु आयरल्यान्डमा बलर निरीह बनेका थिए । आयरल्यान्डले ३८.५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो ।
आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना लगभग पक्का हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह ‘डि’ मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ । रासस









0 comments:
Post a Comment