Saturday, 16 January 2016

६३ वर्षपछि युनेस्कोको उच्च पदमा नेपाल !!!


लण्डन–६३ वर्षपछि नेपालले संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) अन्तर्गत एसिया तथा प्रशान्त क्षेत्रको उच्च पद हासिल गरेको छ। नेपाली दूतावास फ्रान्सका अनुसार नेपाल सन् १८५३ सालपछि युनेस्कोको सदस्य राष्ट्र भएपछि पहिलो पटक नेपाल सो क्षेत्रको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको हो।


दूतावासद्वारा जारी विज्ञप्तिअनुसार फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्को लागि स्थायी प्रतिनिधि अम्बिकादेवी लुइँटेलले सन् २०१६ का लागि एसिया तथा प्रशान्त क्षेत्रको अध्यक्षता ग्रहण गरेकी हुन्। युनेस्कोका १ सय ९५ सदस्य राष्ट्र मध्ये ४४ एसिया तथा प्रशान्त सदस्य राष्ट्रहरुले सो पद सर्वसम्मत नेपाललाई हस्तान्तरण गर्न सहमति जनाएका थिए।

यसअघि सो पदमा गणतन्त्र चीनले समाल्दै आएको थियो। युनेस्कोद्वारा पेरिसमा आयोजित कार्यक्रममा बोल्दै राजदूत लुइँटेलले नेपाललाई युनेस्को राष्ट्रहरुले विश्वास गरेर अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेकोमा सदस्य राष्ट्रप्रति अभार व्यक्त गरिन् । उनले 'नेपालप्रति अन्तर्राष्ट्रिय समुदायले सम्मान तथा विश्वास गरेको भन्दै आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक निर्वाह गर्ने बताएकी छिन्', बिज्ञप्तिमा उल्लेख छ ।

नेपाली दूतवास फ्रान्सका मिनिन्टर काउन्सिलर रामबाबु ढकालले नेपालले पहिलो पटक युनेस्काको उच्चपद समाल्न पाउनु अन्तराष्ट्रिय रुपमा ठूलो सफलता भएको बताए । उनले नेपालको कुटनीतिक दक्षताले नै सो पद सम्म पुग्न सकिएको जिकिर गरे।

युनेस्काले आफ्नो क्षेत्रीय अवधारण अनुरुप एसिया प्रशान्त क्षेत्र गरी अफ्रिका,दक्षिण अमेरिका ,पश्चिमी युरोप र पूर्वी युरोप गरी पाँच वटा क्षेत्रीय समुहहरु ग्ठन गरी आफ्ना गतिविधि संचालन गर्दै आएको छ । संयुक्त राष्ट्र संघीय शैक्षिक बैज्ञानिक तथा साँस्कृतिक संगठन ( युनेस्को) ले नेपाललाई आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ।

0 comments:

Post a Comment