प्रहरीले पक्राउ परेका दुवै जनाको स्पष्ट पहिचान खुलाएको छैन । पक्राउ पर्नेहरुको नेपालीलाई जि.एस. र भारतीयलाई सि.एन.को नाम दिएको छ । पक्राउ परेका नेपाली उक्त कम्पनीका पूर्वम्यानेजर हुन् भने भारतीय सेल्सम्यान हुन् । अदालतले दुवैलाई बराबरी जरिवाना तोकेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार दुवैलाई जरिवानासहित एक एक वर्षको जेल सजायँ सुनाएको छ । जेल सजायँपछि उनीहरुलाई आ–आफ्नो देश फिर्ता पठाउने न्यायाधीशले जनाएका छन् । पीडित कम्पनीका प्रमुखले इलेक्ट्रोनिक सिस्टम ह्याक गरी सूचना चोर्दै कम्पनीको छबि धुमिल बनाएको आरोप लगाएका छन् । उनीहरुले कम्पनीको गोप्य तथ्यांकहरु चोरेर प्रतिस्पर्धी कम्पनीलाई पठाएको अदालतले ठहर गरेको छ ।
स्थानीय कानुनअनुसार उनीहरुले फैसला चित्त नबुझेमा १५ दिनभित्र पुनरावेदन गर्न सक्छन् । स्थानीय सञ्चारमाध्यमहरुले गल्फ राष्ट्रहरुमा साइबर क्राइमको आरोपमा सुनाइएको यो नै सबैभन्दा ठूलो जरिवानाको रुपमा खबरहरु प्रकाशित गरेका छन् ।









0 comments:
Post a Comment