Sunday, 20 December 2015

संघर्ष गरौ तक्मे बाजे जस्तो बनौ !! एक जोर जुत्ता लगाएर राजधानी छिरेका तक्मे बुढाको संघर्षको कथा यस्तो छ !!


म मध्यम बर्गिय परिवारमा जन्मीएको मान्छे हुँ । मेरो बाबा ट्रक, बसको ड्राईभर हुनुहुन्थ्यो । आमाले खाना बेच्ने सानोतिनो होटेल चलाउनुहुन्थ्यो । तर, पढ्न चाहिँ मैलै बोर्डिङ स्कुलबाट नै सुरु गरेको हुँ । झापाको लिटिल फ्लावर ईङ्लिस बोर्डिङ स्कुलबाट मेरो स्कुलिङ्ग भयो । सानो म साह्रै चकचके थिँए । सानोमा आफुले गरेका चकचक अहिले पनि याद आउँछ । घरमा रङ लगाउन बाँस जोडेर राखिएको खटमा पिङ खेल्न भ्याउँथे । अग्लो ठाउँबाट उल्टी सुल्टी हान्दा भुईँमा पछारिएर मेरो टाउकोमाचोट लागेको थियो । धेरैपटक म लडेको छु । चकचके अनी चञ्चलताको उपज मेरो खुट्टामा आगोले पोलेको पनि छ । त्यो हिसाबले पनि म एकदमच कचके थिएँ भन्ने मैले बुझ्छु ।



सानो छँदा नै आमाको मायाबाट टाढा भएँ । म ९ बर्षको हुँदा आमा निकै बिरामी पर्नुभयो । ओखतिमुलोले काम गरेनन्, उहाँसँग रहने दिन सकिएको रहेछ । आमाले हामीलाई छोडेर कहिल्यै नफर्किने गरी जानुभयो । त्यसपछि कलिलो काँधमा जीम्मेवारी बढ्यो । म सानो हुँदाहुँदै ठूलो भएँ । किनकी म भन्दा मुन्तिर एउटा भाई र बहिनी थिए । त्यसैले म सानो भएर बस्न मिलेन । दाजु अर्थात सानै उमेरमा ठूलो भएर जिम्मेवारी पुरा गर्नु पर्ने भयो ।

त्यहि समयमा एउटा चलचित्र साथीको सुटिङ्ग गर्न झापामा सुटिङ्ग युनिट आयो । सुटिङ्गमा एउटा छोटो रोलको लागि बालकलाकारको आवश्यकता पर्यो । त्यो बाल कलाकारमा म नै छानीए । म पहिल्यै देखि बिहे पुजाहरुमा नाच्ने गर्थे । त्यसैले पनि छनोटमा म नै पर्न सफल भएको महसुस भयो । त्यो सानो भूमीकाले म मा फिल्मी क्षेत्रप्रतिको नशा लगायो । फिल्मी क्षेत्रतर्फ निकै आर्कषित भएँ । यति सम्मकी परिक्षाको समयमापनि स्कुलको किताबभन्दा बढी चलचित्र सम्बन्धी जानकारी दिने एकमात्र पत्रिका कामना पढ्थेँ । चलचित्र क्षेत्रप्रतिको झुकाउका कारण मेरो पढाई राम्रो भएन । सायद मैले त्यो समयमा कामना सँगसँगै स्कुलको किताबहरु पनि पढेको भए मेरो पढाई पनि राम्रो हुन्थ्यो होला । चलचित्रमा काम गर्नको लागि सानो उमेरमै म काठमाण्डौँ आएँ । यहाँभने तिमी सानै छौ कसरी गर्छौ? भन्ने खालको कुराकानी हुन्थ्यो । सानो हिरो राखौँ भने पनि तिमी जस्तो हिरो नेपालमा कोहीपनि छैन, कि त हामीले बिदेशबाट नै ल्याएर खेलाउन पर्छ त्यो हामी सक्दैनौँ । तिमी फर्क भनेर धेरै अग्रजहरुले सुझाव दिनुहुन्थ्यो । त्यसपछि म फेरी आफ्नो घर झापा फर्किए । त्यसपछि घरमा आफ्नो काम गर्न र पढ्न पनि थाले ।

त्यसपछि म २०६१ सालमा फेरी पुरानै रहर बोकेर काठमाण्डौँ आए । त्यो समयमा अलिकति शरीर पनि ठुलो भईसकेको थियो । त्यससँगै मानसिक विकास पनि केहि रुपमा भईसकेको थियो । जो मान्छे अभावमा हुर्किएको हुन्छ । त्यो मान्छेले अलिकति जुगाड वा हरेक कुराको ब्यबस्थापन गर्न सक्ने हुन्छ । त्यो अभाव मैले धेरै भोगेको छु, बुझेको छु । मेरो बहिनीले रोटी खान्छु भनी भने मैले रोटी बेल्ने बेलना माग्न जानु पथ्र्यो । भाई बहिनीको चाहानाका लागि म सजीलै मागेर ल्याउँथे । अहिलेका बच्चाहरु त्यसो गर्न लाज मान्छन् । अप्ठ्यारो मान्नुहुदैँन जस्तो लाग्छ मलाई किनभने भोली त्यो अप्ठ्यारो आफैँलाई पनि पर्न सक्छ ।
यो कुरा कहाँ पनिआएर जोडिन्छ भने आजको अवस्थामा पेट्रोलको यति धेरै हाहाकार छ, अरुसँग माग्न पनि हामी लाज मान्ने अनि आफैँ पनि स्वनिर्भर हुन नसक्ने तरिकाले त कति दिन चल्ला र ?बहिनीकै कुरामा बेलनचौकी अर्काले नदिँदा मैले घरमा थाल र बियरको बोट्टलले रोटी बनाएर बहिनीलाई ख्वाएको छु । त्यसैले मलाई थाहा छ कि अभावबाट धेरै कुरा सिकिन्छ । त्यो कुरा जीवनको कुनैपनि कालखण्डमा अवश्य सहयोगी हुन्छ ।



काठमाण्डौँमा म आउँदा एकजोर जुत्ता, कालो सर्ट, कालो पाईन्ट, थियो । मलाई कालो नै मनपर्ने अनि कालो ढिलो फोहोर हुने भएकोले पनि म कालो रङको लुगा लगाउँछु । एउटै लुगा अनि जुत्ता लगाएर २ बर्षसम्म संघर्ष गरे मैले काठमाण्डौँमा । डान्स रेस्टुरेन्ट, हिरोहरुको पछाडी कोरस डान्सहरु पनि गरेको छु । धेरैवटा फिल्महरुमा मैले भोकल यानिकी डबिङ गरेको छु । एउटा स्क्रिनमा तीन जना कलाकारहरुको आवाज मैले नै गरेको पनि रेकर्ड छ । फिल्ममा आफुले रेकर्ड गरेको आवाज सुन्नको लागिम बिश्वज्योतीहल सम्म पुग्थेँ । सानो सानो कुराहरुले पनि धेरै खुसीहुन्थेँ । यस्ता संघर्ष धेरै गरे पनि हात लाग्यो शुन्य नै भयो । घरका मान्छेहरुले पनि अब केही हुदैँन भनेर विदेश जान सुझाए । त्यसैले म २००९ को सुरुवातमा कामको लागि मलेसिया गएँ।

मलेसियामा म एउटा होटलमा काम गर्न थालेँ । २ महिना जसोतसो काम गरेँ । तर, नसक्ने स्थिति आएपछि फेरी नेपालफर्किने निर्णय गरेँ । मलाई त्यहाँ लगेको एजेन्सीले फर्किन पाउँदैनस् भन्यो । म भने नेपाल फर्किने अडानमै रहेपछि मैले धेरै दुःखपाएँ। अनेक समस्यालाई पार गरेर म स्वदेश फर्कन सफल भएँ । नैपाल फर्किने बित्तिकै सुरज सुब्बा नाल्बो सरले मलाई सायद चलचित्रमा चयन गर्नुभयो । सायद फिल्मपाउँदा म एकदमखुसीभएँ । यो मेरो जीवनको एउटा कोसेढुङ्गा साबित हुनेछ भन्ने लागेको थियो । तर, फिल्म रिलिजअलि ढिलो भयो ।अरु फिल्ममा कामपाउन मुश्किलै थियो ।



त्यसैले झापामा हुने महोत्सबहरु तिर उद्घोषक भएर कामहरु गर्नथालेँ । आखिर जीवन त जसो तसो चलाउनै पर्र्यो । महोत्सवहरुमा कलाकारको जमघट हुन्थ्यो । म कार्यक्रम उद्घोष गर्दा पनि दर्शकहरुलाई हसाउने गर्थेँ । एकदिन केदार घिमिरे माग्ने बुढा त्यस्तै कार्यक्रममाआउनुभयो । त्यो बेलामा म भेटे जति कलाकारलाई एक मौका दिनुस् भन्ने आग्रहगर्थेँ । माग्ने बुढालाई पनि त्यहि कुरा भनेँ । उहाँले नम्बर दिनुस् भन्नुभयो, नम्बर दिएँ । के के आउँछ भन्नुभएको थियो । मैले त्यो समयमा ४ वटा क्यारेक्टर देखाएको थिएँ । उहाँले त्यसमध्ये तक्मे बुढा क्यारेक्टरलाई छान्नुभयो । पछि उहाँले फोन गरेर तक्मे बुढा गरौँ भन्नुभयो त्यसपछि गरियो पनि ।

तक्मे बुढा पहिला रिलिजभएर अनि मेरो फिल्म सायद रिलिज भयो । दुबै तर्फबाट यति धेरै सफलता प्राप्तभयो कि कुरा सम्झिदाआँसु आउँछ । टेलिभिजन र स्टेजमा तक्मे बुढाको भुमिकामा मैले सफलता पाईरहेको थिएँ भने ठुलो सिनेमाहरुमा सायदले मलाई माथि लगिराखेको थियो । सायद चलचित्रबाट मात्र मैले त्यो बर्ष ६ वटा अवार्ड जितेँ ।

हिजो जति दुःख पाएको थिएँ त्यो दुःखले आज मलाई सुखको बाटो दिएको छ । दुःखपनि ठाउँमा गएर दुःख गर्नुपर्छ, पहाडमा ढुङ्गा फुटाउनु अघि त्यो ढुङ्गा के कामको लागि फुटाउने भन्नेमा पनि आफु निश्चित भईसक्नुपर्छ । आफुले कुनैपनि कुराहरु गर्दा सबैसँग बुझेर गर्नु नै राम्रो हुन्छ । हाम्रो समयमा हामी त ईन्टरनेटको पहुँचमा थिएनौँ । तर अहिलेको सबै किशोर किशोरीहरु ईन्टरनेटको पहुँचमा हुनुहुन्छ । त्यसैले पनि आफ्नो रुचीको क्षेत्रमा लाग्दा बुझेर मात्र लाग्नुहोला ।

विल्सनबिक्रम राईसँगको कुराकानीमा आधारीत ।

0 comments:

Post a Comment