पछिल्लो समय भने अर्को सनसनीपूर्ण अफबाह फैलाइएको छ त्यो हो बाँकी रहेको १० प्रतिशत विश्वभरका फेसबुकेले पाउने छन् । एक हजार जनालाई दिनरात एउटा सन्देश कपि पेष्ट गरेको आधारमा फेसबुकले छान्ने भनेर हल्ला पिटियो । त्यो पनि अलिअलि रकम हो र सिङ्गै चालिस लाख ५० हजार अमेरिकी डलर ।
यस्तो अफबाह भाइरल भएसँगै जुकरबर्गले नै त्यो भाइरल पोष्टको खण्डन नै गर्नुपरेको छ । यो पोष्ट आफूले नगरेको भन्दै उनले माफसमेत मागेका छन् । आखिर सामाजिक सन्जालको दूरुपयोग भनेको यही त हो । यस्तो गलत गतिविधिलाई रोक्न विश्वभर नै साइबर क्राइमको नियमलाई कडा बनाउन त खोजिएको छ । तर आफैले बनाएको फेसबुकमा आफैलाई खाल्डोमा हाल्ला भनेर जुकरबर्गले सायदै सोचेका थिए होलान् ।
यता पैसा पाउने लोभले फेसबुक प्रयोगकर्ताहरुले धमाधम सो सन्देस सेयर गरिरहेका छन् । भाइरत बनेको सो पोष्ट यस्तो छः
‘बुझु न सुझु…’ भन्ने उखानलाई चरितार्थ गर्दै यस्ता हावाकोपछि कुद्ने नेपाली फेसबुक प्रयोगकर्ताको पनि निक्कै ठूलै लर्को देखियो । हुन त विभिन्न ब्लग तथा अनलाइनहरुले त्यो विषयलाई समाचार बनाएर पनि पोष्ट गरेको पाइन्छ । उनीहरुको के जान्छ बरु भिजिटरको संख्या बढे आफूलाई आम्दानी हुन्छ भन्ने नकारात्मक सोच सायद हुँदो हो उनीहरुलाई । यस्ता भ्रामक र अविस्वासनिय सामग्री अनलाईनमा पोष्ट गरेर सायदै उनीहरुले पाठकको हैसियत जाँच्न खोजेको पनि हुन सक्ला कि ! तर यस्तो अफबाह फैलाउनेलाई कानुनी कारबाही गर्नुको सट्टा नियामक निकायले पनि कानमा तेल हालेर बसिदिँदा पाठक तथा सामाजिक सञ्जाल प्रयोगकर्ता भने दिनप्रतिदिन पिडित बन्दै गइरहेका छन् ।








0 comments:
Post a Comment