Thursday, 12 November 2015

७ रुपैयाँको उपचारले मुटु बचाउन सकिन्छ !


काठमाडौं, कात्तिक २५ – चिसो मौसममा मुटु सम्बन्धी समस्या देखिने खतरा धेरै हुन्छ । अझ चिसोका बेला मधुमेह, रक्तचाप, दीर्घरोगी र रगतमा चिल्लो पदार्थ धेरै भएका व्यक्तिलाई मुटुको रोग लाग्ने सम्भावना हुन्छ । भनिन्छ नि रोग लाग्नु भन्दा लाग्नै नदिनु उत्तम ।


हो मुटु रोग लागेपछि यसको उपचार धेरै महंगो छ । तर मुटु रोग लाग्नुअघि सम्भावित केही रोग लागेको भए वा त्यस्ता कुनै स्वास्थ्य समस्या देखिए सामान्य औषधीले निको पार्न सकिन्छ । ललितपुरको पाटन अस्पतलाका मुटु रोग विशेषज्ञ डा. कृष्णकुमार श्रेष्ठ भन्नुहुन्छः ‘मुटु रोग लाग्न नदिन एक चक्कीको ७ रुपैयाँ पर्ने औषधी खानु पर्छ ।’  
साँच्चै ७ रुपैयाँ चक्कीको औषधीले मुटु रोग लाग्दैन त ? डा. श्रेष्ठका अनुसार ७ रुपैयाँमा पाइने यो चक्की कुनै अमृतको थोपा होइन तर यो मुटु रोग लाग्न नदिने एउटा उपचार हो । 
एमोक्सिसिलिन नामक यो औषधीको मूल्य ७ रुपैयाँ पर्छ । यो मुटुका समस्या देखिनु अघि हुने टन्सिलका लागि प्रयोग गरिन्छ । डा. श्रेष्ठका अनुसार मुटु रोग लाग्नु अघि घाँटीमा समस्या देखिन्छ । 
एमोक्सिसिलिन नामक यो औषधी ५ सय एमजीको हुन्छ । दिनको ३ पटक ७ दिनदेखि १० दिन डाक्टरको सल्लाहमा नियमित औषधी खाए टन्सिल निको हुन्छ भने मुटुमा देखिन सक्ने समस्याको जोखिमबाट पनि बच्न सकिन्छ ।


मुटु रोगको लक्षण 

  • घाँटी दुख्नु, टन्सिल हुन ।
  • देब्रे छाती दुख्नु ।
  • श्वासप्रश्वासमा समस्या आउनु ।
  • मुटुको चाल बढ्नु ।
  • रिंगटा लाग्नु, बेहोस हुनु ।
  • छाती दुखेसँगै खलखल पसिना आउनु ।
  • वाकवाकी लाग्नु, बान्ता आउनु ।
  • जिब्रो लरबरिनु ।
  • हात झम्झमाउनु आदि ।
मुटु रोग लागेपछि उपचार निकै महंगो हुन्छ । तर पहिले नै उपचार गरे निकै कम रुपैयाँमा मुटुलाई बचाउन सकिन्छ । सामान्य ७ रुपैयाँको चक्कीको औषधीले ३÷४ लाख रुपैयाँ खर्च हुनबाट रोक्न सक्छ ।
एक पटक मुटुमा गम्भीर समस्या देखिए जीवनभर त्यसले पीडा दिन्छ । मुटुको भल्भ नै फेर्नुपर्ने हुनेछ । एक पटक उपचार गरेपछि पनि जीवनभर औषधी खानुपर्छ । जुन निकै महंगो हुन्छ । 
मुटु रोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ । तर रोग छिप्पिँदै गए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ । त्यसैले आफूमा मुटु रोगको समस्या छ कि छैन भनेर बेला बेलामा इसिजी गरेर हेर्न डा. श्रेष्ठको सुझाव छ । 
पहिले पहिले पाका र उमेर बढी भएकालाई लाग्ने भनेर चिनिएको मुटु रोग अहिले साना केटाकेटी र किशोरकिशोरीमा पनि देखिन थालेका छ । डाक्टरका अनुसार १६ वर्ष मुनिकालाई मुटु रोगको जोखिम बढ्दै गएको छ । 
खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ ।

0 comments:

Post a Comment