काठमाडौं, कार्तिक २२ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पाकिस्तानसँग अभ्यास खेल खेल्दैछ ।
आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्युगिनीविरुद्धको खेलका लागि युएई पुगेको नेपाल र पाकिस्तान बीचको अभ्यास खेलको चाँजोपाँजो आईसीसीले मिलाईदिएको हो । खेल युएईको अबुधाबीमा नेपाली समय अनुसार आज बिहानसबा ११ बजे सुरु हुनेछ ।
पाकिस्तानी सिनियर टोलीका कप्तान अजहर अलीको नेतृत्वमा रहने टिमसँग नेपालले एक दिवसीय खेल खेल्नेछ । हालै इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला जितेको पाकिस्तानले नेपालसँगको अभ्यास खेलपछि इंग्ल्याण्डसँगै एक दिवसीय श्रृंखला खेल्दैछ ।
आज नेपालविरुद्ध खेल्ने टिमलाई पाकिस्तानले राष्ट्रिय टोली नभनी पाकिस्तानी टिम भनेको छ । तर पाकिस्तान र इंग्ल्याण्ड विरुद्ध जारी श्रृंखलामा लागि युएई पुगेका १६ मध्ये ११ खेलाडी नैं आज नेपालविरुद्ध मैदानमा उत्रिनेछन् ।
पाकिस्तानले यो खेललाई इंग्ल्याण्डसँगको श्रृंखला पूर्वको अभ्यासको रुपमा लिएको छ भने नेपालले पपुवा न्युगिनी विरुद्धको खेलपुर्वको अभ्यासभन्दा पनि टेष्ट मान्यताप्राप्त टोली विरुद्धको प्रतिष्ठाको लडाईको रुपमा लिएको छ ।









0 comments:
Post a Comment