कंगना रनावत: बलिउडमा प्रखर अभिनयबाट छाप छोडेकी कंगना ११ कक्षामा केमेष्ट्री विषय लागे पछि उनले सोचिन, म पढाई होइन अरु नै केही गर्न जन्मेकी हूँ । त्यस पछि उनले अल इण्डिया प्रि मेडिकल टेष्ट पनि दिइन् तर, त्यसमा पनि सफल हुन सकिनन् । त्यसपछि उनले पढाई छोडेर दिल्ली आएर मोडलिङ सुरु गरिन् ।
क्याटरिना कैफ: १४ वर्षकै उमेरमा मोडलिङ सुरु गरेकी क्याटरिना कैफ सानो उमेर छँदा देखि नै एक देशबाट अर्को देशमा जाँदैमा ठिक्क भएकाले विद्यालय नै जान पाईनन् । आमाले उनलाई पढ्न र लेख्न सक्ने बनाएकी हुन् ।
करिश्मा कपुर: कक्षा ६ सम्म अध्ययन गरेकी करिष्मा कपुरले १६ वर्षको उमेरमै फिल्ममा अभिनय सुरु गरेको कारण पढाई तिर खासै ध्यानै नगएको उनको भनाई छ ।
काजोल: प्राथमिक तह पढ्दै गर्दा काजोललाई ‘बेखुदी’ फिल्ममा प्रस्ताव आयो र उनले फिल्म उद्योगमा प्रबेश गर्ने मौका पाइन् । त्यसपछि उनले ‘बाजिगर’ फिल्म मा मौका पाइन उनले अभिनय गरेको यो फिल्म हिट भयो । अभिनय तिर लागेकोले उनको पढाई भने फ्लप हुन पुग्यो । त्यतिबेला उनको उमेर १७ वर्षको थियो भने उनी कक्षा १२ मा पढ्दै थिइन् ।









0 comments:
Post a Comment