– मनिषा शर्मा

साना दुःखले आर्जिएको होइन यो देश,
आज कोही एकताको सूत्र चुँडाल्न खोजिरहेछन् ।
अनमोल रत्नको कोख मेरो देश,
आज पाषाण हृदयहरू, रक्तकुण्डमा स्नान गरिरहेछन् ।
आज कोही एकताको सूत्र चुँडाल्न खोजिरहेछन् ।
अनमोल रत्नको कोख मेरो देश,
आज पाषाण हृदयहरू, रक्तकुण्डमा स्नान गरिरहेछन् ।
आशा र पवित्रताको गाथा यो देश,
आज रगतका नालहरू जात, जाती र धर्म खोजीरहेछन्,
इतिहासको गौरवले श्रृगांरिएको मेरो देश,
आज इतिहास मेट्न पल्केकाहरू जमिनमा हिस्सा खोजिरहेछन् ।
आज रगतका नालहरू जात, जाती र धर्म खोजीरहेछन्,
इतिहासको गौरवले श्रृगांरिएको मेरो देश,
आज इतिहास मेट्न पल्केकाहरू जमिनमा हिस्सा खोजिरहेछन् ।
बुद्धको दिव्यतामा जग्मगाएको यो देश,
आज दुरात्माहरू घृणा र आवेगको खेल खेलिरहेछन् ।
प्रेम र परमात्माको सिन्धु मेरो देश,
आज महावैरीहरू सह–अस्तित्वको मर्म चिथारिरहेछन् ।
आज दुरात्माहरू घृणा र आवेगको खेल खेलिरहेछन् ।
प्रेम र परमात्माको सिन्धु मेरो देश,
आज महावैरीहरू सह–अस्तित्वको मर्म चिथारिरहेछन् ।
स्वाभिमान र इज्जत निर्यात गर्ने यो देश,
आज चिताका लासहरू मानवीयताको व्यापार आयात गरिरहेछन् ।
सबै जातको फूलबारी मेरो देश,
आज आफ्नोपन बिर्सिएर नागिंरहेका छन् ।
आज चिताका लासहरू मानवीयताको व्यापार आयात गरिरहेछन् ।
सबै जातको फूलबारी मेरो देश,
आज आफ्नोपन बिर्सिएर नागिंरहेका छन् ।
उजाडिंदैन त सयौं रङ्ग र बास्नाको महकारी यो देश ?
आज, एउटै मात्र फूल पनि मग्मगाउन छोडेपछि
कसरी बन्छ त मेरो देश ?
आज, ध्वशंका पुजारीहरू भाला रोप्ने ठेकेदार भएपछि ।
आज, एउटै मात्र फूल पनि मग्मगाउन छोडेपछि
कसरी बन्छ त मेरो देश ?
आज, ध्वशंका पुजारीहरू भाला रोप्ने ठेकेदार भएपछि ।
कलंकिदैन त सप्तरगीं यो देश ?
आज, रगंहीन श्याम श्वेत मृत तस्वीर बनेपछि
कसरी बन्छ त मेरो देश ?
आज बन्द हडतालको षड्यन्त्रले गलेपछि ?
आज, रगंहीन श्याम श्वेत मृत तस्वीर बनेपछि
कसरी बन्छ त मेरो देश ?
आज बन्द हडतालको षड्यन्त्रले गलेपछि ?
विष, विषादि र विश्मयका कुरा के गर्नु,
आऊ हामी मौरी झै सयौं फूलबाट मह ओकलौं ।
विगतको तितो र भविष्यको मीठो सम्झेर,
जीवनको नौलो गोरेटोमा नवीन यात्राको सुरुवात गरौं ।
आऊ हामी मौरी झै सयौं फूलबाट मह ओकलौं ।
विगतको तितो र भविष्यको मीठो सम्झेर,
जीवनको नौलो गोरेटोमा नवीन यात्राको सुरुवात गरौं ।

0 comments:
Post a Comment