मट्यांग्रा नै बलियो छ तिम्रा नाथे गोलि भन्दा
काने खुसी प्यारो लाग्छ भाषणको बोली भन्दा
सत्र ठाउँमा टालिएको आँखी झ्याले लुगा होइन
अन्त मन जाँदै जान्न यहि गुन्युँ चोली भन्दा
एउटा भन्छ युद्ध गर अर्को भन्छ सेना दिउँला
अरे देखा !! बहादुर, यो गोर्खाली टोलि भन्दा
पर्यौं जनता चपेटामा यी नेताका पुच्छर बन्दा
के नै पायौं ? अन्ततः राजनितिको झोली भन्दा
विश्वलाई नै 'प्रकाश' छर्ने दिप दिन सक्छौं हामी
सगरमाथा यहीँ हुँदा झरना अनि खोली हुँदा








0 comments:
Post a Comment