
१०. क्रिस्टल लिउ इ फेइ
लिउ इ फेइ सन् १९८७ मा जन्मेकी थिइन। न्युयोर्क बस्न पुगेकी क्रिस्टल सन् २००२ मा चीन फर्किएर अभिनय सुरु गरेकि थिइन। उनी एक राम्रो डान्सर पनि हुन। सन् २००८ मा रिलिज भएको ‘द फरबिडन किङ्डम’ बाट उनले निकै चर्चा बटुलेकी थिइन।
९. बार्बी हसु
ताइवानमा समेत निकै लोकप्रिय बार्बा अभिनय संगै गित गाउन पनि निकै सिपालु छिन। उनको ‘मेटेवर गार्डन’ फिल्मले उनलाई निकै चर्चा मा ल्याएको थियो। सुन्दरताकै कुरामा उनी चीन सहित ताइवानमा पनि निकै लोकप्रिय छिन्।
८. सेसिलिया चेयुङ
हककङमा सन् १९८० मा जम्मेकी सेसिलियाले सन् १९९८ मा कागती चियाको एक विज्ञापनबाट आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन। सन् २००८ मा ‘स्टेफन चाव’ संग अभिनय गरेपछि उनको चर्चा एकाएक चुलिएको थियो।

७. ज्याङ सिन यु
मोडल, गायिका तथा नायिका ज्याङ सन् २००७ मा ‘द ब्यानर हरर’ मा सानो भुमिकामा देखिएकी थिइन। ‘इफ यु आर द वन २’ मा उनको अभिनय पछि भने उनी एकाएका मिडियामा आउन थालिन। उनको सुन्दरता र अभिनयको कलाले त्यसपश्चात उनी चर्चामा आउने नायिकाको सूचीमा पर्दै आएकी छिन्।
६. गाओ युआनयुआन
आइक्रिमको विज्ञापनबाट अभिनय करिअर सुरु गरेकी गाओले अभिनय सम्बन्धि कुनै तालिम वा पढाइ पुरा गरेकी छैनन। सानो सानो भुमिकामा देखिने गरेकी गाओलाई ज्याकी च्यानसंग संगै फिल्म खेल्ने मौका मिलेपछि भने उनको चर्चा एकाएक बढेको थियो। ज्याकी च्यानले गाओको अभिनयकला देखेरै उनलाई संगै फिल्म खेलाएका थिए।
५. फ्यान बिङबिङ
४. किट्टी ज्याङ यु क्यी
किट्टी सन् २००७ पछि मात्र चर्चामा आएकी नायिका हुन। १५ वर्षको उमेरमा अभिनय तालिम लिएकी किट्टिले स्टेफन चावसंग संगै अभिनय गर्ने अवसर पाएपछि चर्चामा आएकी थिइन।

३. जियाङ किन्किन
३० बसन्त पार गरिसकेकी जियाङ ‘टियर्स इन हेभन’ मा अभिनय गरेपश्चात चर्चामा आएकी नायिका हुन। यो फिल्मले नै उनलाइ दर्शक माझ चिनाउन सफल भयो। उनको चिनियाँ टेलिभिजनमा पनि राम्रो लोकप्रियता छ।
२. ज्याङ जिइ
सन् १९७९ मा जन्मिएकी ज्यांङ सन् २०००को दशकमा चीनका सबैभन्दा ठुला ४ कलाकारको सूचीमा समेत परेकी थिइन। ११ वर्षको उमेरमा डान्स स्कुलमा भर्ना भएकी ज्याङले मोडल हुदै अभिनयमा निकै सफलता हासिल गरिसकेकी छिन्।
१. जिङ टियान
सन् १९८९ मा जन्मिएकी जिङ ‘वारियर स्टेटस्’, ‘स्पेशल आइडी’, र ‘पोलिस स्टोरी’ बाट चर्चित भएकी थिइन। बेइजिङ फिल्म एकेडेमी र बेइजिङ डान्स एकेडेमीमा अभिनय र डान्स सिकेकी जिङ त्यसपश्चात पुरा समय अभिनयमा लगाउदै आएकी छिन्।








0 comments:
Post a Comment