Wednesday, 4 November 2015

ओली र मोदी टेलिफोन संवाद पछि झनै संकट



काठमाडौ, १७ असोज । वीरगञ्जमा भएको प्रर्दशनको क्रममा प्रहरीको गोली लागि भारतीय नागरिकको मृत्यू भएको घटनापछि हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीवीच भएको २५ मिनेट लामो टेलिफोन संबादपछि समस्या समाधानको अपेक्षा गरिएकोमा संकट झनै गहिरिएर गएको छ ।

आजदेखि भारतले नेपाल तर्फका सबै नाकाहरुबाट सामान आउन रोकेको छ । स्रोतका अनुसार नेपालमा भईरहेको आन्दोलनलाई नेपालको आन्तरिक समस्या भनिरहेको भारतको जवरजस्ती संलग्नता देखाउन नेपाल सरकार लागि परेको निष्कर्स सहित भारत अझै रुष्ट बनेको हो ।
वीरगञ्ज घटना लगत्तै आन्दोलनमा भारतीय नागरिकको संलग्नता भनि सरकारी पक्षबाट आएको भनाई र टेलिफोन बार्तामा समेत ओलीले प्रहरी चौकीमा आक्रमण गर्ने क्रममा मारिएको स्पष्टिकरण दिएपछि भारत नेपालमा भईरहेको आन्दोलनमा भारतलाई जवरजस्ती संलग्न भएको पुष्टि गर्न लागेको त्यो सँगै सरकारका एक मन्त्री सत्यनारायण मण्डलले विराटनगरमा भारतले विना बर्दीका सेना नेपालमा उतारेको भन्दै दिएको अभिब्यक्तिप्रति भारत रुष्ट छ ।
भारतले यस्तै भए नेपाल भारत सम्बन्ध अझै जटिल अवस्थामा पुग्ने चेतावनी दिईसकेको छ । स्रोतका अनुसार त्यस्तो अभिब्यक्ति दिने मण्डललाई बर्खास्त गर्नु पर्ने अडान समेत ब्यक्त गरिसकेको स्रोतले जनाएको छ ।
नेपालमा चीनबाट सामान ल्याउने भनि पिटीरहेको हौवाको विषयमा पनि भारतले चीनसँग कुराकानी गरिसकेको नेपाल स्थित भारतीय दुतावास स्रोतले जानकारी दिएको छ । सो क्रममा चीनले नेपाललाई आवश्यक सबै सामान दिने कुरा हौवा भएको भन्दै त्यो सम्भव नरहेको स्पष्ट पारेको थियो ।
भारतले नेपालले अहिले भारत विरुद्ध नेपाली जनतामा चीनीया कार्ड खेलिरहेकोले यो तर्फ सचेत हुनु पर्ने निष्कर्ससहित काम गरिरहेको स्रोतले जनाएको छ ।

0 comments:

Post a Comment