Tuesday, 27 October 2015

लेक्ससले बनायो कार्डबोर्डले बनेको इलेक्ट्रिक कार हेर्नुहोस फोटो फिचर !


संसारभरका कार निर्माता कम्पनीहरुमध्ये लेक्ससको पहिचान अलग किसिमका कारहरु बनाउने कम्पनीको रुपमा रहेको छ। 


 
लेक्ससले अहिले एक खास किसिमको कार्डबोर्डले बनेको इलेक्ट्रिक कार बनाएको छ। लेक्ससले यसका लागि बिट्रेनस्थित लेजरकट वक्र्स र स्केल्स एण्ड मोडल्सका पाँच जना डिजाइनरहरुको टीमलाई कार्डबोर्डको कार बनाउने जिम्मा दिइएको हो।



यो टीमलाई प्याकेजिङ सामाग्री बनाउने विशेषज्ञ डीएस स्मिथले सहयोग गरेका हुन्। उनको सल्लाहमा टीमले यो खास कार बनाएको बताइएको छ।


 
कार्डबोर्डले बनेको यो कार फुल साइजको सेडानको रेप्लिका जस्तो छ। यो कार बनाउन स्टिल र आलुमिनियमको  फ्रेमको प्रयोग गरिएको छ। साथै यसमा लेजरद्वारा काटिएका १७०० कम्प्रेस्ड गद्दा वाला कार्डबोर्डको प्रयोग गरिएको छ जसलाई पूर्ण रुपले पुनः प्रयोग गर्न सकिन्छ। 


 
यसमा छिटो दौडन सक्ने चक्का र इलेक्ट्रिक मोटरको प्रयोग गरिएको छ। 
 

0 comments:

Post a Comment