Thursday, 8 October 2015

प्रधानमन्त्रीको चुनावमा सहभागी हुन सक्छौं : यादव


काठमाडौं, असोज २१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेशहरुको सीमांकनमा पुनर्विचार नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् ।

विहीबार राजधानीमा आयोजित साक्षात्कारमा अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले दिएको प्रतिवेदनको आधारमा अघि बढे प्रदेशहरुको सीमांकनसम्बन्धी समस्या समाधान हुने बताए ।

आफूहरुले अंगीकृत नागरिकता लिएकाहरुले राज्यको महत्वपूर्ण पद पाउनुपर्ने माग नराखेको भन्दै उनले सबै नेपाली नागरिकले सहजै नागरिकता पाउनुपर्ने बताए ।

आफूहरुले संसद नछाडेको प्रस्ट पार्दै अध्यक्ष यादवले प्रधानमन्त्री चयन प्रक्रियामा सहभागी हुनसक्नेसमेत बताए ।




0 comments:

Post a Comment