काठमाडौं, असोज ३० । रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ ।
शनिबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको अन्तिम खेलमा मनाङ–मर्स्याङ्दी क्लबलाई २–० ले पराजित गर्दै थ्रीस्टार क्लब ३५ अंकका साथ शीर्ष स्थानमा रहँदै उपाधि जितेको हो ।
थ्रीस्टारलाई जिताउनेक्रममा अन्तिम
खेलमा ओलावाले र विजय धिमालले एक–एक गोल गरे । जितसँगै थ्रीस्टारले एक करोड रुपैयाँ जितेको छ ।
यस्तै, ३३ अंकमा रही लिग सकाएको त्रिभुवन आर्मीले क्लब उपविजेता बन्दै ५० लाख रुपैयाँ जितेको छ ।
यस्तै, अन्तिम खेलमा थ्रीस्टारसँग पराजित भएको मनाङ ३१ अंकसहित तेस्रो स्थानमै खुम्चिएको छ । मनाङले २५ लाख रुपैयाँमै चित्त बुझाएको छ ।
यस्तै, आफ्नो विधामा उत्कृष्ट हुनेलाई आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक/एकओटा यामाहा मोटरसाइकल प्रदान गरेको छ ।
गोलकिपरमा थ्रीस्टारका किरणकुमार लिम्बु, डिफेन्डरमा झापा–११ का देवेन्द्र तामाङ, मिडफिल्डरमा मनाङका विशाल राई, फरवार्डमा त्रिभुवन आर्मीका नवयुग श्रेष्ठ र प्रशिक्षकमा थ्रीस्टारका राजेन्द्र तामाङ भएका छन् । उत्कृष्ट फरवार्ड नवयुग प्रतियोगिता अवधिभर १४ गोल गर्दै सर्वाधिक गोलकर्तासमेत बन्न सफल भएका छन् ।
पहिलोपटक ‘होम एन्ड अवे’का आधारमा भएको प्रतियोगितामा नौ टिम सहभागी भएकामा झापा–११ चौथो, सशस्त्र प्रहरी पाँचौं, सुदूरपश्चिम फुटबल क्लब कैलाली छैटौं, नेपाल पुलिस क्लब सातौं, लुम्बिनी फुटबल क्लब रुपन्देही आठौं तथा मोरङ फुटबल क्लब विराटनगर पुछारमा रह्यो ।
लिग गत वर्ष माघ ७ गतेदेखि सुरु भए पनि वैशाख १२ को गोरखा भूकम्पका कारण चार महिना बढी समय अवरुद्ध भएको थियो ।

0 comments:
Post a Comment