Friday, 9 October 2015

ओलीका प्रधानमन्त्री बन्ने ३ विकल्प


KP-OLI-PM-RACE
काठमाडौं– राष्ट्रपतिले सहमतिको सरकारका लागि आव्हान गरेको तीन दिन वितिसकेको छ । भारतीय दवावकावीच जोखिम मोलेर संविधान जारी गर्न सफल भएका प्रमुख दलवीच सहमतिको सरकार गठन गर्ने गृहकार्यमा भने दुरी बन्दै गएको छ ।
प्रमुख दलवीच १६ बुँदे सहमति गर्दा भएको भनिएको भद्रसहमति भए भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरिएका एमाले अध्यक्ष केपी ओली सहजै प्रधानमन्त्री हुनेछन् । काग्रेसले यो सहमतिनभएको भन्दै खुट्टा झिकेपनि ओलीका लागि प्रधानमन्त्री बन्न सक्ने अरु विकल्प देखिएका छन् ।
भारतीय चासो ओलीलाई प्रधानमन्त्री बनाउन नहुँने गरि आएकाले ओलीका विकल्पहरु सहज भने नहुने खतरा देखिएको छ । प्रमुख दलका नेताहरुले नै संविधान जारीपछि नयाँ सरकार गठनमा चलखेल भएको बताइसकेका छन् । तेस्रो पार्टी एमाओवादीलाई काग्रेस सभापति एव्म प्रधानमन्त्री सुशील कोइरालाले मालदार मन्त्रालय दिने अफर गरिसकेका छन् । आजका दिनसम्म एकीकृत माओवादी भने पूर्व सहमति अनुसार सरकार बनाउने पक्षमा छ ।
यस्ता छन् ओलीका प्रधानमन्त्री बन्ने विकल्प
विकल्प १ – प्रमुख तीन दलसहितको राष्ट्रिय सहमतिको सरकार हुन सक्छ । दलहरुवीच भएको भनिएको भद्र सहमति लागु भए तीन दलले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख बाँडनेछन् । यस्तो सरकारमा अहिलेकै अबस्थामा मधेशी दलहरु सहभागी हुने सम्भावना हुनेछैन् । संसदमा तीनदसँग ४७४ जना सांसद छन् । यो सहमति ओलीका लागि प्रधानमन्त्री बन्ने सवैभन्दा सजिलो विकल्प हो । तर, काग्रेस नेताहरुले चिया खाँदा भएको कुराकानीलाई भद्र सहमति मान्न नसकिने बताएका छन् । यसले ओलीलाई सहमतिको सरकारको प्रधानमन्त्री बन्ने कोर्समा बाधा पु¥याउन सक्छ । प्रधानमन्त्री सुशील कोइराला आफैले पुन ः प्रधानमन्त्री बन्ने चाहना राखेको समाचार बाहिर आएको छ । यो ओलीका लागि सहमतिय सरकारको प्रधानमन्त्री बन्ने बाटोमा अर्को समस्या बनेर आउन सक्छ । काग्रेसले सरकारवारे ठोस निर्णय गर्न बुधवार केन्द्रीय कार्यसमितिको वैठक डोको छ । वैठकले लिने निर्णयले ओलीको प्रधानमन्त्री बन्ने प्रक्रिया सहज वा जटिल बनाउने देखिन्छ ।
विकल्प २ – काग्रेस–एमालेवीचको सरकार देखिन्छ । काग्रेस–एमालेवीच सुशील कोइरालाको नेतृत्वको सरकार बनाउने बेला गरिएको सात बुँदे सहमतिमा अर्को सरकारको नेतृत्व एमालेलाई दिने सहमति थियो । यस्तो सरकार बन्यो भने बहुमतको सरकार हुनेछ । उनीहरुसँग ३९१ सांसद छन् । तर, काग्रेसले एमालेलाई प्रधानमन्त्री दिन तयार हुँदा मात्र यो विकल्प अगाडि जान सक्छ । एमालले काग्रेसलाई पुन सरकारको नेतृत्व दिने सम्भवाना छैन् । एमाले १६ बुँदेको जगमा आफ्नो पार्टी अध्यक्ष ओलीको नेतृत्वमा सरकार गराउने पक्षमा छ ।
विकल्प– ३ एमाले र एमाओवादीवीचको समीकरणको सरकार हुन सक्छ । तर, यसका लागि उनीहरुलाई अन्य पार्टीका थप ३१ सांसद चाहिन्छन् । हाल एमाले र माओवादीका सांसदको सख्याँ २६८ मात्र छ । हाल संसदमा ५९८ संसद छन् । यसका आधारमा बहुमतको सरकारका लागि २९९ संसद चाहिन्छन् । ३१ संसद जुटाउन सके ओली यो विकल्पमा प्रधानमन्त्री बन्न सक्छन् ।
यस्तो विकल्पमा ओली बाहिरन सक्छन्
चौथो विकल्प : काग्रेस र एमाओवादीवीच मिलेर सरकार गठनको सम्भावना रहन्छ । तर, दुईवीच २८८ मात्र सभासद् छन्, उनीहरुलाई सरकार बनाउन थप ११ जना सांसदको खाँचो हुनेछ । यसका लागि केही साना दल वा एक दुई वटा मधेशवादी दलको समर्थन चाहिने हुन्छ । यस्तो अबस्थामा ओली होइन काग्रेसकै नेता सुशील कोइराला वा शेरबहादुर देउवा प्रधानमन्त्री हुनेछन् ।

0 comments:

Post a Comment