दोस्रो संविधानसभापछि सुशील कोइराला प्रधानमन्त्री बन्दा पनि हामीले सरकारबारे प्रस्ट कुरा गरेका थियौं । जसमा एक वर्ष कोइरालाले नेतृत्व गर्ने, त्यतिबेलासम्म संविधान जारी गरेर एमालेलाई सरकारको नेतृत्व हस्तान्तरण गरेर अगाडि बढ्ने सहमति गरेका थियौं ।
अहिले नेपाली राजनीतिमा ठूलो खेल हुँदै छ । जुन खेलले ठूला तीन दललाई आपसमा फुटाउने अनि मुलुकलाई अस्थिरतातर्फ धकेलेर संविधान कार्यान्वयन गर्न नदिने संकेत देखा पर्न थालेका छन् ।
संविधान बनेपछिको सरकारको नेतृत्व एमालेले गर्ने भन्ने सहमति कांग्रेस र एमालेका बीचमा मात्र सीमित रहेन । सोह्रबुँदे सहमति गर्दा मधेसी जनअधिकार फोरम लोकतान्त्रीक र एमाओवादीसहितको सहभागितामा भएको भद्र सहमतिमा पनि नयाँ संविधानपछिको सरकारको नेतृत्व एमालेले गर्ने भन्ने भएको थियो ।
एमालेको नेतृत्वमा ठूला दल मात्र होइन, साना दल र मधेसी दलहरूको सहभागितामा सरकार गठन गर्ने र भूकम्पले ध्वस्त पारेको चार लाख घरहरूको पुनः निर्माणका साथै संविधानको प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको हामीले भुल्न हुँदैन । सोह्रबुँदेपछि पटक–पटक एमाओवादी अध्यक्ष प्रचण्डले सुशील कोइरालालाई सोधेका थिए, ‘तपाईं यो सहमतिमा दृढ हुनुहुन्छ कि हुनुहुन्न ?’ प्रचण्डले यसरी सोध्दा कोइरालाले पटक–पटक भनेका थिए, ‘तपाईंहरू ढुक्क हुनुस्, सहमतिबाट यताउता गर्दिनँ ।’

सोह्रबुँदेपछि कांग्रेसले नमाने ‘वैकल्पिक दबाब दिनुपर्ला कि’ भन्ने प्रसंग चल्दा सुशील कोइरालाले त्यतिबेला पनि भनेका थिए, ‘यसमा तपाईंहरूले अलिकति पनि शंका नगर्नुस् ।’ तर, अहिले नेपाली कांग्रेसले भद्र सहमति भुलेर टोन चेन्ज गर्दा हामीलाई दुःख लागेको छ ।
कांग्रेसले सहमति बिर्सन खोजेमा के गर्ने भन्नेबारे कुरा नउठेको पनि होइन । सोह्रबुँदेपछि कांग्रेसले नमाने ‘वैकल्पिक दबाब दिनुपर्ला कि’ भन्ने प्रसंग चल्दा सुशील कोइरालाले त्यतिबेला पनि भनेका थिए, ‘यसमा तपाईंहरूले अलिकति पनि शंका नगर्नुस् ।’
तर, अहिले नेपाली कांग्रेसले भद्र सहमति भुलेर टोन चेन्ज गर्दा हामीलाई दुःख लागेको छ । नेपाली कांग्रेसभित्रका केही नेतालाई राष्ट्रप्रतिको जिम्मेवारी बोध नभएको महसुस भएको छ ।
अहिले हाम्रोबीचमा संविधान कार्यान्वयन र भूकम्पपछिको पुनः निर्माण मुख्य चुनौतीको रूपमा देखा परेका छन् । यी चुनौती सामना गर्न अहिलेका मुख्य शक्ति अझै एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।

यसकारण एमालेको नेतृत्व
हामीले दोस्रो संविधानसभाको निर्वाचनमा हाराहारी मत ल्याएका थियौं । नेपाली कांग्रेस पहिलो पार्टी भए पनि जनमतको हिसाबले हाम्रो हाराहारी मत थियो । त्यसकारण पनि जनमतको सम्मानका लागि संविधानको कार्यान्वयनमा एमाललेले दाबी गर्नु स्वाभाविक हो ।

त्यो स्वाभाविक कुरालाई बिर्सेर नेपाली कांग्रेसले सहमतिबाट दायाँ–बायाँ गर्दै आफूलाई प्रतिष्ठाविहीन नबनाओस् । यदि हिजोको भद्र सहमति बिर्सेर आज आ–आफ्नै कुरा गर्न थाल्ने हो भने, राजनीतिमा विश्वास भन्ने शब्दप्रति नै अविश्वास जाग्ने अवस्था आउँछ । नेकपा एमाले त्यस्तो अवस्था नआओस् भन्ने पक्षमा छ ।
एमालेले सरकारको नेतृत्व लैजाँदा कांग्रेस तर्सिरहेको जस्तो लाग्छ । भोलि यही सरकारले स्थानीय र संसदीय चुनाव गर्दा सबै उसैले लैजान्छ भनेर कांग्रेस तर्सिएको हुन सक्छ । तर, त्यसरी तर्र्सिएर हुँदैन, जो प्रधानमन्त्री हुन्छ, उसैको पार्टीले चुनाव जित्ने भन्ने हुँदैन ।

०५१ मा कांग्रेसले दुईतिहाइ ल्याउने घोषणा गर्दा एमाले पहिलो पार्र्टी भयो । ०६४ मा माओवादी सरकारमा थियो तर नेतृत्व उसको थिएन, तर पनि एमाओवादी पहिलो पार्टी भयो । त्यसकारण एमालेले चुनाव गराउँदा ऊ पहिलो शक्ति हुन्छ भन्ने कांग्रेसको काल्पनिक भय मात्रै हो ।
अहिले कांग्रेसबाहेकको अन्य शक्तिको सहयोगमा एमालेले बहुमत पुर्याउने स्थिति देखापरेको छ । तर, हामी कांग्रेसलाई साथमै लिएर जान चाहन्छौं ।
हामीले सरकारको नेतृत्व दाबी गर्नुको अर्को कारण हाम्रो प्रधानमन्त्रीका उम्मेदवार केपी ओलीप्रतिको जनचाहना देखेर पनि हो । एमाले अध्यक्ष केपी ओलीलाई नेपाली जनताले एकपटक प्रधानमन्त्री भएको हेर्न चाहेका छन् ।

(राजेश भण्डारीले ज्ञवालीसँग गरेको कुराकानीमा आधारित)

0 comments:
Post a Comment