लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नु पर्दा धेरै मानिसहरुको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ | अझ नियमित सफाई भएन भने त त्यो समस्या झनै बढ्छ | यद्यपि केहि मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजर अन्दाज गर्दछन | किनकि यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुदैन | खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफूमात्र होइन आफ्नो आसपासका मिनिस अझै बढी पिडित बन्दछन् | त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनको लागि निम्न अनुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ |
१. अदुवालाई पिनेर त्यसको रस निकाल्नुहोस, त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नु भन्दा अगाडी पैतालामा दलेर रातभर छाडनुहोस अनि बिहान राम्रो संग खुट्टा धुनुहोस |
२. खुट्टाको सरसफाइमा ध्यान दिनुहोस |
३. मनतातो पानीमा नुन घोल्नुहोस अनि घोलमा खुट्टा डुबाउनुहोस् | केहीबेर घोलमा राखेपछि चिसो पानीले मज्जाले खुट्टा धुनुहोस | सिधै नुन पानीमा घोलेर खुट्टा डुबाउदा अझ लाभदायी हुन्छ |
४. एउटा भाँडोमा मन तातो पनि राखेर त्यसमा २ चम्चा बेकिंग सोडा तथा कागतीको रस हाल्नुहोस अनि त्यसमा १० मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस | हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ |
५. राम्रोसंग पिंधेर मिहिन बनाएको अलिकति मकैको पिठो जुत्ता भित्र हाल्नुहोस | यसले खुट्टाबाट निस्कने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ | जुत्ता र खुट्टा भने हरेक दिन सरसफाई गर्नुपर्छ नत्र भने जति सुकै उपाय अपनाए पनि दुर्गन्ध निर्मुल हुने छैन |
यदि यसो गर्दा पनि खुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग बिशेषज्ञसंग परामर्श लिनु होला |

0 comments:
Post a Comment