Friday, 30 October 2015

२ हजार ६५६ दिन राष्ट्रप्रमुखः यस्तो रह्यो राष्ट्रपति डा. यादवको कार्यकाल (भिडियोसहित)


काठमाडौं, कार्तिक १२ । संविधानसभाद्वारा निर्मित नेपालको संविधानको प्रावधानअनुसार मुलुकको दोस्रो राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएपछि प्रथम राष्ट्रपति डा. रामवरण यादव राष्ट्रप्रमुखको भूमिकाबाट निवृत्त भएका छन् ।

२०६५ साल जेठ १५ गते पहिलो संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा गरेपछि पहिलो राष्ट्रपतिको निर्वाचनको तयारीसुरु हुँदा ठूलो मतान्तरमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका लागि राष्ट्रपतिको पद प्राप्ति त्यति सहज थिएन ।

यद्यपि, नेकपा एमाले र मधेसकेन्द्रित दलहरुको समर्थनमा डा. रामवरण यादव पहिलो स्थानमा रहेको एकीकृत माओवादीका उम्मेदवार रामराजाप्रसाद सिंहलाई पराजित गरी राष्ट्रप्रमुख बनेका थिए ।



२०६५ साल साउन ८ गते राष्ट्रपतिमा निर्वाचित भएयता बुधबारसम्म यादव २ हजार ६ सय ५६ दिन राष्ट्रप्रमुखको भूमिकामा रहे । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) । इमेज खबरबाट |

0 comments:

Post a Comment