काठमाडौं, असोज १५ । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कोइरालाले एकलौटीरुपमा संविधान संशोधन प्रस्ताव ल्याउन खोजेको आरोप लगाए ।
उनले आफ्नै पार्टीबाट संविधान संशोधनको प्रस्ताव पारित गर्न पनि कोइरालालाई चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले आफूले सबैको
चित्त बुझाउन खोज्दा अरुले गर्न नदिएको दोष देखाउन संविधान संशोधन प्रस्ताव ल्याउन लागेको भन्दै आपत्ति जनाएका हुन् ।
उनले सरकारको नेतृत्वको विषयमा कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वन हुने आशा पनि व्यक्त गरे ।
नेता ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशले सहजरुपमा पारवहन सुविधा पाउने अन्तर्राष्ट्रिय कानुनको कसैले पनि उल्लंघन गर्न नमिल्ने बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष विद्या भण्डारीले प्रमुख दलको एकताबाट सहमतिको सरकार बनाएर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् ।
उनले आफ्नै पार्टीबाट संविधान संशोधनको प्रस्ताव पारित गर्न पनि कोइरालालाई चेतावनी दिएका छन् ।
अखिल नेपाल महिला संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीले आफूले सबैको
उनले सरकारको नेतृत्वको विषयमा कांग्रेस र एमालेबीच भएको सहमति कार्यान्वन हुने आशा पनि व्यक्त गरे ।
नेता ओलीले नेपाल जस्तो भूपरिवेष्ठित देशले सहजरुपमा पारवहन सुविधा पाउने अन्तर्राष्ट्रिय कानुनको कसैले पनि उल्लंघन गर्न नमिल्ने बताए ।
कार्यक्रममा एमाले उपाध्यक्ष विद्या भण्डारीले प्रमुख दलको एकताबाट सहमतिको सरकार बनाएर संविधान कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिइन् ।

0 comments:
Post a Comment