काठमाडौं, असोज १५ । संविधानसभाको दोस्रो चुनावसँगै नेपाली कांग्रेस ठूलो पार्टी बनेपछि कांग्रेस सभापति सुशील कोइराला २०७० साल माघ २७ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
निर्वाचित भएको भोलिपल्टै राष्ट्रपतिबाट शपथ लिइ पदभार ग्रहण गरेका कोइरालाको करिब २० महिने कार्यकाल प्राकृतिक विपत्ति र राजनीतिक घटनाक्रमको दृष्टिले
आरोह–अवरोहयुक्त रह्यो ।
एक वर्षभित्र संविधान निर्माण गरी पद हस्तान्तरण गर्ने सहमतिमा दोस्रो ठूलो दल नेकपा एमालेको साथ लिएर प्रधानमन्त्री बने पनि गत माघमा संविधान जारी हुन नसकेपछि उनी निकै आलोचित भएका थिए ।
तर, त्यसको आठ महिनापछि अन्ततः संविधान जारी गरेर सफल प्रधानमन्त्रीका रुपमा उनी बिदा भएका छन् ।
कोइरालाको झन्डै २० महिने कार्यकालमा संविधान जारी हुनु उल्लेख्य उपलब्धि रह्यो भने संविधान जारी भएसँगै तराई–मधेसमा भइरहेको आन्दोलन र त्यसपछि भारतले गरेको अघोषित नाकाबन्दीका कारण आम मानिसको दैनिकी कस्टकर बन्यो ।
यसबीचमा गत वैशाख १२ गते मुलुकले विनाशकारी भूकम्पबाट सिर्जित महाविपत्तिको सामना गर्नुपर्यो । कोइरालाको नेतृत्वमा पुनःनिर्माणको प्रक्रियाले अपेक्षाकृत गति भने लिन सकेन ।
दुई तिहाइभन्दा बढी सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका कोइरालाले नेपाली कांग्रेसको सभापतिको रुपमा पार्टीलाई एकताबद्ध र क्रियाशील बनाउन नसकेको आरोप पनि खेप्नुपर्यो ।
यद्यपि, नेपालको ३७औं र गणतन्त्र स्थापनापछिको छैटौं प्रधानमन्त्री बनेका कोइरालाले नेपाली राजनीतिको ऐतिहासिक कालखन्डमा प्रमुख कार्यकारीको आफ्नो जिम्मेवारी भने कुशलतापूर्वक निर्वाह गरे ।

0 comments:
Post a Comment