Friday, 2 October 2015

अमेरिकी टिभीले प्रियंकासँग माफी माग्यो

अमेरिकाको एक टि भी च्यानल एबिसीले बलिउड अभिनेत्री प्रियंका चोपडासँग माफी मागेको छ । सो च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘नाइटलाइन’ मा प्रियंकाका विषयमा पूर्व–विश्व सुन्दरी युक्ता मुखीको तस्बिर प्रसारण गरेपछि टिभिले माफी मागेको हो । यस कुरा प्रियंकाले पनि स्विकार पुष्टि गरेकी छन्।
 
प्रियंका अभिनित अमेरिकी टिभि सो ‘क्वान्टिको’ अमेरिकामा चर्चामा छ । सडकदेखि मल, हलसम्म उनी नै छाइरहेकी छिन् । यस्तै, अमेरिकी र बलिउड लोकप्रियतालाई लिएर अमेरिकी च्यानलले एउटा भिडियो बनाएको थियो ।
 
सायद टेलिभिजनकर्मीले  सन् १९९९ की विश्वसुन्दरी भएकी युक्ताको २००० की विश्वसुन्दरी प्रियंकाको तस्बिर छुट्याउन सकेनन् र प्रियंकाको सट्टा युक्ताको फोटो प्रसारण गरिदियो । टेलिभिजनले ट्विटरबाट माफी माग्दै सच्याइएको समाचार राखेको छ । साथै प्रियंकाले टिभिलाई धन्यवाद पनि भनेकी छिन् ।

0 comments:

Post a Comment