Saturday, 3 October 2015

एएफसी छनौट फुटबलमा नेपालको लज्जास्पद हार,इरानद्वारा १०-० ले पराजित


काठमाडौं, असोज १६ । उन्नाइस बर्षमुनिको एएफसी छनौट प्रतियोगितामा नेपालले लज्जास्पद हार ब्यहोरेको छ ।
शुक्रबार राती इरानमा भएको खेलमा नेपाल घरेलु टोली इरानसँग १०–० ले पराजित भएको हो । इरानले सुरुदेखि नै दवावमा राखेको खेलमा नेपालले पहिलो हाफमा ५ र दोश्रो हाफमा ५ गोल खाएको हो ।
गत महिना मात्र उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप जितेको नेपाली टोलीले इरानको पोष्टमा बल नै लैजान सकेन ।
नेपालले अब आइतबार कुबेतसँग र मंगलबार जोर्डनसँग खेल्नेछ । समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम र आयोजक बहराइनले अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल्नेछन् ।

0 comments:

Post a Comment