Sunday, 4 October 2015

ऋण बाट बच्नको लागि ध्यान राख्नुहोस् यी ७ कुरा


हिन्दुधर्ममा वास्तु को निकै महत्व हुन्छ । आफ्नो घरको वास्तु शास्त्र अनुसार मिलाउँदा कुनै पनि प्रकारको नेगेटिभ इनर्जी ले तपाईको परिवारलाई पोजेटिभ प्रभाव पार्दछ ।  घरमा सुख शान्ति बनाइराख्नको लागि र ऋणबाट छुटकारा पाउनको लागि यो ७ कुरालाई ध्यान राख्नुहोस् ।

१. ऋणको पहिलो किस्ता हरेक मंगलबार तिर्दा ज्यादै राम्रो हुन्छ । यस्तो गर्दा ऋण चाँडो सकिन्छ ।

२. घरको दक्षिण-पश्चिम स्थानमा ट्वाइलेट हुँदा व्यक्ति ऋणमा डुब्न सक्नुहुन्छ । यसकारण ट्वाइलेट घरको दक्षिण-पश्चिम दिशामा राख्न हुँदैन ।

३. घर वा दोकान छ भने उत्तर-पूर्व दिशामा काँचको झ्याल भएको राम्रो यसबाट लाभ मिल्ने हुन्छ साथमा ऋणबाट छुटकारा मिल्ने हुन्छ ।

४. काँचको फ्रेमको रङ रातो, सिन्दुर कलर वा मेरुन रङको हुनु हुँदैन । साै काँच जति हल्का तथा ठूलो अाकारको हुन्छ उतिनै लाभदायक हुन्छ ।

५. घर वा दोकानमा पानीको व्यवस्था उत्तर दिशामा राख्नु पर्दछ । यसले पनि ऋणबाट छुटकारा पाइन्छ ।

६. किचनमा निलो रङ लगाउन हुँदैन, यस्तो गर्दा घरको सदस्यमा नराम्रो असर पर्न सक्छ साथै स्वास्थ्यको हिसाबले पनि यसलाई बेठिक मानिन्छ ।

७. यदि तपाईको घर वा दोकानको सीढीं पश्चिम दिशा तर्फ छ या पश्चिम दिशाको तर्फबाट तल गएको छ भने परिवार ऋणको सामना गर्नुपर्ने हुन्छ । यसकारण, घर को सीढीं पश्चिम दिशा तर्फ हुनु हुँदैन ।

0 comments:

Post a Comment