Friday, 2 October 2015

आतंकवादमा भारतको संलग्नता रहेको पाकिस्तानको आरोप, राष्ट्रसंघलाई प्रतिवेदन बुझायो


न्यूयोर्क, असोज १५ । पाकिस्तानले संयुक्त राष्ट्रसंघको महासभामा भारतमाथि गम्भीर आरोप लगाउँदै सम्बन्धित दस्तावेजसमेत बुझाएको छ ।
समाचार एजेन्सीहरुका अनुसार आतंकवादमा भारतको कथित संलग्नताका बारेमा पाकिस्तानी अधिकारीले राष्ट्रसंघको महासभामा दस्तावेज नै बुझाएका छन् ।
दस्तावेजमा पाकिस्तानी संघ प्रशासित क्षेत्र (फाटा) मा तहरिक ए तालिवानसँग भारतीय सुरक्षा एजेन्सीको सम्पर्क रहेको प्रमाण समावेश गरिएको छ ।
यसअघि भारतले पाकिस्तानमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाउँदै आएको थियो ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले मुम्बई हमलाका षडयन्त्रकारीहरु पाकिस्तानमा खुलेआम घुमिरहेको जिकिर गरेकी थिइन् ।
भारतीय विदेशमन्त्रीको सम्बोधनपछि बिहीबार राति जवाफ दिने अधिकार प्रयोग गर्दै पाकिस्तानी प्रतिनिधिले संयुक्त राष्ट्रसंघका महासचिवलाई आतंकवादलाई बढावा दिने भारतीय भूमिकासहितको दस्तावेज पेश गरिएको बताइएको छ ।

0 comments:

Post a Comment