रौतहट, असोज १५ । रौतहटको चन्द्रनिगाहपुरमा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबार एक प्रहरी हवल्दारसहित ६ जना घाइते भएका छन् ।
मधेसी मोर्चाका प्रदर्शनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि सडक खुलाउनेक्रममा तल्लो बजारमा झडप भएको हो । आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगा लागेर प्रहरी हबल्दार जहुर मियाँ घाइते भएका हुन् ।
यस्तै, प्रहरीले
चलाएको रबरको गोली लागेर विश्रामपुर वडा नम्बर–६ निवासी भाग्यनारायण महतो घाइते भएका छन् ।
यस्तै, प्रहरीको लाठी प्रहारबाट अरु पाँचजना प्रदर्शनकारी पनि घाइते भएका छन् ।
आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले ३० राउन्डभन्दा बढी अश्रुग्यास र केही राउन्ड हवाई फायर गरेको थियो ।
मधेसी मोर्चाका प्रदर्शनकारीहरुले राजमार्ग अवरुद्ध गरेपछि सडक खुलाउनेक्रममा तल्लो बजारमा झडप भएको हो । आन्दोलनकारीहरुले प्रहार गरेको ढुंगा लागेर प्रहरी हबल्दार जहुर मियाँ घाइते भएका हुन् ।
यस्तै, प्रहरीले
यस्तै, प्रहरीको लाठी प्रहारबाट अरु पाँचजना प्रदर्शनकारी पनि घाइते भएका छन् ।
आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले ३० राउन्डभन्दा बढी अश्रुग्यास र केही राउन्ड हवाई फायर गरेको थियो ।

0 comments:
Post a Comment