Thursday, 22 October 2015

पत्नीलाइ सधै शंका लाग्ने पतिका ५ कुराहरु !



हुन त पति पत्निको सम्बन्ध भनेको बिस्वासको सम्बन्ध हो । यो सम्बन्ध विश्वासको आधारमा नै टिकेको हुन्छ । तर अनौठो कुरा जोडीबीच सँधै कुनै न कुनै रुपमा शंका पनि कायम हुन्छ । खासगरी महिलाहरु पतिका कतिपय कुरामा सँधै शंका गर्छन् । पतिका यी ५ कुरामा पत्नीले सँधै शंका गर्छन् : 

१ मोबाइलमा समय विताउने कुनै पनि स्त्रीलाई आफ्नो पतिले मोबाइल बढी चलाउँछ भने शंका लाग्छ । अझ फेसबुक, भाइवर वा ह्वाट्स्एप जस्ता कुराहरुमा बढी सक्रिय रहने पुरुषप्रति पत्निले विशेष शंका गर्छन् । मोबाइल चलाएर नबोलीकन बस्ने बानी छ भने आजै देखि छोडिदिनुस् । क्याण्डी क्रश नै खेलेको भएपनि पत्निले शंका गर्छन् । 

२ ढिलो घर आउने कतिपय पुरुष आफ्नो ड्युटी सकिएपछि पनि ढिला गरेर मात्र घर जान्छन् । यसो गर्दा पत्निलाई भने शंका हुन्छ । पति कहाँ जान्छ के गर्छ भन्ने कुराले चिन्तित पार्छ । 

३ अफिसबाट भन्दै बाहिर जाने अफिसको काम भन्दै सँधै शहर वा बसेको ठाउँबाट अन्यत्र गैरहने पुरुषमाथि पनि पत्निको शंका हुन्छ । सँधै अफिसको काम भन्दै बाहिर हिड्दा यस्तो शंका बढ्दै जान्छ । 

४ कतिपय अवस्थामा तपाइँले पत्निको विषयमा बढी नै हेरचाह गर्नु भो वा चासो लिनु भो भने पनि पत्निलाई तपाइँमाथि शंका लाग्न सक्छ । पतिले बढी चासो राख्दा महिलालाई मनमनै के चलिरहेको छ भनेर शंका लाग्न सक्छ । 

५ कुनै पनि पुरुष बाहिर निस्किने बेला बढी नै सजिने वा पहिरनमा ध्यान दिन्छ भने त्यस्ता पुरुषप्रति पत्निको शंका हुन्छ । पति सजिएर कहाँ जान्छ भन्ने मनभित्रको शंकाले कहिलेकाँही समस्या समेत ल्याउन सक्छ । 

0 comments:

Post a Comment