काठमाडौं, कार्तिक २ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले इन्धनलगायतका सामाग्री आयातमा भारतबाट भइरहेको अवरोध चाँडै हट्ने दाबी गरेका छन् ।तीनदिने भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी ‘नाकाबन्दी’ शब्दको प्रयोगसमेत नगरी भारतीय पक्षले आपूर्तिसहज बनाउने आश्वासन दिएको बताए ।परराष्ट्रमन्त्री थापाले भारतका विभिन्न पक्षसँग भएको छलफल सकारात्मक भएको बताए । उनले भारतीयहरु नेपालमा आपूर्ति सहज बनाउने पक्षमा रहेको भएपनि संविधानमा सबैको स्वामित्व कायम होस् भन्ने उनीहरुको प्रस्ट सन्देश रहेको जानकारी दिए ।स्वदेश फर्कनुअघि सोमबारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तामा नेपालमा भएको आपूर्तिको असहजस्थितिका विषयमा छलफल भएको उनले जानकारी दिए ।भेटवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वीरगन्ज बाहेकका नाकाहरुबाट आपूर्ति बढाउने आश्वासन दिएको बताइएको छ ।नयाँ दिल्लीमा रहँदा परराष्ट्रमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायतसँग भेटवार्ता गरेका थिए ।








0 comments:
Post a Comment