Sunday, 4 October 2015

सबैभन्दा बढी कमाउने विश्वका १० महिला खेलाडी (फोटो फिचर)

विश्वकै सबैभन्दा राम्री टेनिस खेलाडी मारिया शारापोभाको वार्षिक कमाइ करिब २७७ करोड रुपैयाँ भन्दा बढी छ। सर्वाधिक कमाइ गर्ने महिला खेलाडीहरुमा पहिलो नम्बरमा आँउछिन उनी।
Maria Sharapova
दोस्रो नम्बरमा चीनकी टेनिस खेलाडी लि ना पर्छिन। उनले वार्षिक २४० करोड रुपैयाँ भन्दा बढी कमाउँछिन।
Li Na
तेस्रो नम्बरमा अमेरिकाकी टेनिस खेलाडी सेरेना विलियम्स पर्छिन्। उनको वार्षिक कमाइ २२५ करोड रुपैयाँ भन्दा बढी छ।
serena williams
चौथो नम्बरमा कोरियाकी ‘स्केटिङ क्वीन’ किम यूना पर्छिन। उनले १६६ करोड रुपैयाँ भन्दा बढी कमाउँछिन। उनी ‘फिगर स्केटिङ’की खेलाडी हुन।
yuna kim
पाँचौ नम्बरमा अमेरिकाकी डेनिका पैट्रिक पर्छिन। अटो रेसकी खेलाडी डेनिकाले १५२ करोड रुपैयाँ भन्दा बढी कमाउँछिन।
danica patrick
छैटौं नम्बरमा बेलारुसकी टेनिस खेलाडी भिक्टोरिया अजारेन्का  पर्छिन। उनको वार्षिक कमाइ ११३ करोड रुपैयाँ भन्दा बढी छ।
Victoria Azarenka
सातौ नम्बरमा डेनमार्ककी टेनिस खेलाडी कारोलिन विज्नियाकी रहेकी छिन्। उनको वार्षिक कमाइ ११२ करोड रुपैयाँ भन्दा बढी छ।
Caroline Wozniacki
आठौं नम्बरमा सर्बियाकी एना इवानभिक छिन। उनी पनि टेनिस खेलाडी हुन। उनको वार्षिक कमाइ ७७ करोड रुपैयाँ भन्दा बढी छ।
ana ivanovic
नवौँ नम्बरमा पोल्याण्डकी अग्निएस्का रडवन्स्का  छिन। उनी पनि टेनिस खेलाडी हुन। उनको वार्षिक कमाइ ७० करोड रुपैयाँ भन्दा बढी छ।
Agnieszka-Radwanska
दशौं नम्बरमा अमेरिकाकी पाउला क्रेमर छिन। उनी गल्फ खेल्छिन। उनको वार्षिक कमाइ ५६ करोड रुपैयाँ भन्दा बढी छ।
paula creamer

0 comments:

Post a Comment