Saturday, 3 October 2015

भारतले नेपाली जनतालाई दुःख दियो : बाबुराम



गोरखा, असोज १६ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तराईमा अशान्ती हुँदा छिमेकी ठूला देशले नेपालविरुद्ध खेल्न सक्ने भएकाले तराईको समस्या छिट्टै समाधान गनुपर्नेमा जोड दिएका छन् ।

शनिबार गृहजिल्ला गोरखामा आफैंले आयोजना गरेको भेटघाट कार्यक्रममा भट्टराईले भारतले नेपाली जनतालाई दुःख दिने काम गरेको बताए ।

भारतसँगको परनिर्भरता हटाउन नसक्दा यस्तो अवस्था आएको उनको भनाइ थियो ।

भट्टराईले देशलाई आर्थिक विकास र सम्बृद्धीको बाटोमा अघि बढाउन नयाँ शक्ति निर्माणका लागि आफूले एकीकृत माओवादी परित्याग गरेको पनि बताए ।

0 comments:

Post a Comment