काठमाडौँ, १ कार्तिक, डेनमार्कमा आजकाल देशबासीहरुलाई खुलेर धेरै भन्दा धेरै यौन सम्बन्ध राख्न सरकारले नै आग्रह गर्न थालेको छ । अघिल्लो वर्ष डेनमार्कमा एक अभियान चलाइएको थियो 'डु इट फर डेनमार्क' (डेनमार्ककालागि गर्नुहोस्) भनेर । यो अभियानको उद्देश्य धेरै भन्दा धेरै सेक्स गरेर यो अभियानलाई सफल बनाउनु थियो र सोही अनुरुप डेनमार्कका जनतालाई आग्रह गरिएको थियो । अघिल्लो वर्ष थालिएको अभियानमा एक भिडियो तयार गरेर सो मार्फत अपिल गरिएको थियो, हेर्नुहोस् उक्त भिडियो :
सरकारको अपिलसँगै डेनमार्कको एक ट्राभल कम्पनी 'स्पाइस' ले पुनः नयाँ अभियान सुरु गरेको छ । यसको नाम राखिएको छ 'डु इट फर मम' (आफ्नी आमाका लागि गर्नुहोस्) । सो कम्पनीले यो अभियान अन्तर्गत डेनमार्कका आमा बुबाहरुलाई अपिल गरिरहेको छ की आफ्ना छोरा बुहारीलाई छुट्टी मनाउन पठाउनु, घुम्न पठाउनु, फुर्सदमा राख्नु अर्थात् धेरै भन्दा धेरै सेक्स गर्ने समय र अवसर सिर्जना गरिदिनु जसले गर्दा चाडो भन्दा चाँडो आफू हजुर बुबा, हजुरआमा बन्न सक्नुहोस् । कम्पनीले पनि एक भिडियो नै तयार गरेर अपिल सुरु गरेको छ । सो भिडियोमा आफ्नो अभियानलाई सफल पार्न के के गर्ने र कसरी गर्ने भन्ने देखाइएको छ । हेर्नुहोस् उक्त भिडियोः
कम्पनीले यसरी छुट्टीमा जाने र बच्चा पैदा गर्ने जोडीलाई विशेष अफर समेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार तीन वर्षसम्म बच्चाको लागि चाहिने डायपर्स सितैमा दिने र विदेश समेत घुमाइदिने दाबी गरेको छ ।
किन गरिँदैछ यसरी सेक्स गर्ने अपिल ?
तपाईलाई अनौठो लागेको होला – सरकारले नै किन आफ्ना जनतालाई धेरै सेक्स गर्न र बच्चा जन्माउन अनुरोध गर्दैछ भन्ने । भारत र चीन दुई ठूला देश जनसंख्या वृद्धिदर बढी भएर परिवार नियोजन गराउ, १ वा २ मात्रै बच्चा जन्माउ भनेर अपिल गरिरहेका छन् । यी देशसहित विश्वका कतिपय देशलाई जनसंख्या वृद्धिदर टाउको दुखाईको विषय बनिरहेको छ । यो बेला डेनमार्कले गरेको अपिल वास्तवमै अनौठो र आश्चर्यजनक छ । तर डेनमार्कलाई बर्थ रेट अर्थात जन्मदर कम भएर टाउको दुखाई बनेको छ । डेनमार्क स्थित डेनमार्क वेलफेयर सोसाइटीले लगातार घट्दो जन्मदर देशको लागि अत्यन्तै घातक भएको रिपोर्ट निकालेपछि सरकार यसरी अपिल गर्न बाध्य भएको हो । सोसाइटीका प्रमुख क्रिस्टेनसेनका अनुसार रिेपोर्टपछि सरकारले अघिल्लो वर्षदेखि नै जन्मदर बढाउनको लागि अभियान सुरु गरिसकेको छ । सोही अनुरुप जनतालाई धेरैभन्दा धेरै यौनसम्बन्ध बनाउन र बच्चा उत्पादन गर्न आग्रह गरिएको छ ।








0 comments:
Post a Comment