राशिफल – मिति वि.सं. २०७२ साल असोज २९ गते शुक्रबार तदानुसार इश्वी सन् २०१५ अक्टोबर १६ तारिख – विश्व खाद्य दिवस
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। आजको प्रयत्न निष्फल जस्तै रहला। काम बिग्रने भयले पनि सताउन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला। आश्वासन दिनेहरूको भरमा नबस्नुहोला।
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। जिम्मेवारीबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै पारिवारिक सुख प्राप्त हुनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। रमाइलो यात्रा गर्ने मौका छ।
प्रयत्न गर्दा लक्ष्यमा सजिलै पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। हठ गर्ने बानीले दुःख पाइएला। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। विभिन्न अवसर प्राप्त हुने समय छ।
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पहिलेको गलत निर्णयले अप्ठ्यारो परिस्थिति आउन सक्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ हुनेछ।
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुनेछ। बिनाप्रतिस्पर्धा फाइदा हुनेछ।
कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ। दीर्घकालीन रूपमा फाइदा हुने काम सुरु हुन सक्छ। तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ। ठीक समयको सही निर्णयले विभिन्न अवसर दिलाउनेछ। तर, काम समयमा सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना देखिन्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्, सजग रहनुपर्नेछ।
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। पेटको खराबीले स्वास्थ्यमा कमजोरी देखा पर्न सक्छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन्, सचेत रहनुहोला।
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानी गर्दा कम फाइदा हुनेछ। टाढाको यात्रा सम्भावित देखिन्छ। आफन्तजनबाट भने अलि टाढिनुपर्ला।
आम्दानी सामान्य भए पनि सदुपयोग गर्दा ठूलो खाँचो टर्नेछ। कृषि, पशुपालनमा आदिमा पनि सामान्य फाइदाकै समय छ। तर, श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। उठ्नुपर्ने रकम हातलागी भए पनि सञ्चित रकम समेत खर्चनुपर्ला। धेरै लगानीपछि कम प्रतिफल पाइनेछ। अरूको भरण–पोषणमा खर्च हुने समय छ।
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम बन्नेछन्।
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।









0 comments:
Post a Comment