Saturday, 10 October 2015

चार जनाले पालैपालो करणी गरे'

मेरो स्थायी घर दोलखा हो । अहिले काठमाडौँ कपनमा बस्दै आएकी छु । एक महिना नेना श्रेष्ठ दिदिको होटलमा काम गरेँ । गत महिना होटल बन्द भएपछि नेना दिदीकै डेरामा बस्दै आए


की छु । ललितपुरमा मेरो फुपू नाता पर्ने कल्पना र सुशीला श्रेष्ठ बस्नुहुन्छ । २८ गते म जात्रा हेर्न भनेर उहाँहरुकै डेरामा गएकी थिए । दिउँसो करिब २ बजे पुगेकी थिएँ । उहाँहरुकै डेरामा खाना खाइसकेपछि हामी सबैजना सुनाकोठी बजारमा लाखे जुधाउने जात्रा हेरेपछि राति १० बजे हामी डेरामा फर्कियौँ । सबै त्यही सुत्ने कुरा भयो । एक घण्टाजति गफगाफ गरी बसेपछि मलाई कल्पना फुपूका ब्वाइफेन्डलगायत केटाहरुले छाडा कुरा गर्ने, मेरो शरीरमा हात लगाई जिस्कनेजस्ता क्रियाकलाप गरे । त्यसपछि मलाई बस्न उचित लागेन । मैले कपन बस्ने दिदिलाई फोन गरी आउँछु भने ।

दिदीले आफ्ना प्रेमी पासाङलाई मलाई लिन पठाएको बताइन् । तर, धेरै बेरसम्म पनि पासाङ आएनन् । दिदीको फोनसमेत लागेन । त्यसपछि मैले राकेश भन्नेलाई 'टयाक्सी पाइदैन' भनेर सोधे । उसले आफ्नो चिनेको साथीको ट्याक्सी भएको भन्दै 'फोन गर्छु' भनेर बाहिर गयो ।
ऊसँगै अरु तीनजना केटा पनि बाहिर गए । आन्दाजी १० मिनेटपछि राकेश मगर भित्र आयो । 'टयाक्सी आइपुग्न लाग्यो जाऔँ' भनेपछि म बाहिर निस्किएकी थिएँ । कल्पना फूपुले 'नजाऊ' भन्दै हुनुहुन्थ्यो । तर, मलाई त्यस ठाउँमा बस्नै मन नलागेर हिँडेकी हुँ ।

उनीहरुले ट्याक्सी पठाउन सहयोग नै गर्लान भन्ने सोचेकी थिए । विश्वास मानेर राकेश मगरसँग गएकी हुँ । अलि पर पुगेपछि अरु केटासँग पनि भेट भयो । उनीहरुले मलाई 'टयाक्सी आउने बाटो यही हो' भन्दै चौरमा पुर्याए । मलाई शंका लागेपछि 'किन यता ल्याएको' भनें । 'यतै त हो, हिँड' भन्दै धकेल्दै चौरमा पुर्याए ।
'ट्याक्सी यहीँ आउँछ बसौँ भनेपछि म पनि चौरमै बसेँ । राकेश मगर मेरो छेउमा बसी अँगालो हाल्यो । मैले 'यो के गरेको' भनेँ । 'रमाइलो गरेको नि' यति पनि थाहा छैन' भन्दै मेरो शरीरभित्र हात छिरायो । सोही क्रममा अर्कोले मेरो हात समायो । त्यसको नाम अम्बरबहादुर मगर रहेछ, पछि थाहा भयो । उसले मेरो शरीरमा समाई चल्न दिएन । अरु दुईजना विशाल स्याङ्तान र मिलन महर्जनले मेरो पाइन्ट र पेन्टीसमेत खोलिदिए ।

म कराउने कोसिस गरेँ । मेरो मुख हातले बन्द गरी मलाई कराउनसमेत दिइएन । मलाई राकेशले गालामा एक थप्पड हिर्कायो । मेरो मुख तथा आँखासमेत उनीहरुले हातले छोपिदिई पालैपालो जबर्जस्ती गरे । उनीहरुमध्ये एकजनाले कन्डम लगाएको जस्तो लाग्छ । अन्यले के गरे, मलाई पनि थाहा भएन । म रोई–कराई गर्दा पनि उनीहरुले मलाई करणी गर्न छाडेनन् ।

पछि कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिए । म डरले केही बोल्न सकिनँ । फेरी पनि केही समयपश्चात् करणी गर्नका लागि सल्लाह गर्न थाले । मैले आफूलाई दिसा लागेको बताएँ । दिसा गर्न जान्छु भनेपछि मलाई छाडिदिए । सोही बहानामा म नजिकै रहेको खोलामा गएँ । त्यहाँबाट धान खेततिर भाँगे । मध्यरात भएको थियो । अध्याँरोमा भाग्दै करिब दुई किलोमिटर टाढा पुगेँ ।

दुई किलोमिटर टाढा पुगेपछि जस्ताले बारेको घरमा पुगी रोई–कराई गरी ढोका खोल्न लगाएँ । दिदीहरुले ढोका खोल्नुभयो । त्यो दिदीलाई चिनेकी थिइँन । सोही दिदीलाई सम्पूर्ण कुरा बताइदिएँ । दिदीले नै प्रहरीलाई खबर गरिदिनुभयो । त्यहीँबाट मलाई प्रहरीले कार्यालयमा पुर्याएको हो । मलाई अनेक प्रपञ्च रची एकान्तस्थलमा पुर्याएर जबर्जस्ती करणी गर्नेलाई हदैसम्मको कारबाही हुन्छ भन्ने अपेक्षा गरेकी छु ।
(स्रोत : आजको नयाँ पत्रिकामा छापिएको "काठमाडौँमै सामुहिक बलात्कार" शीर्षकको समाचारमा समेटिएको पिडित बालिकाको बयान

0 comments:

Post a Comment