साउथ अफ्रिकाका फ्रयांक रोनाल्डले सपनामा पनि सोचेका थिएनन कि उनको बार पसल एकदिन पर्यटकको आकर्षणको केन्द्रबिन्दु बन्ला भनेर । खासमा उनको पसलको नाम रोनीज शप राखेका थिए । तर उनका साथीले पसलको नाम पेन्टिङ गर्ने समयमा रोनीज सेक्स शप राखिदिए । त्यसपछि उनको बार पसलमा पिउन आउ नेहरुले उनको पसलको नामको विषयमा चर्चा गर्न थाले । आउने हरेकले उनको पसलको होर्डिङ बोर्ड अगाडि तस्विर खिचेर सामाजिक सञ्जालमा राख्न थाले । बिस्तारै उनको पसलको चर्चा टाढाटाढा सम्म हुन थाल्यो । पछि त्यहाँ आउने पर्यटकले नयाँ चलननै चलाए ।
अब उनको पसलमा पिउन खान आउने हरेकले आफ्ना भित्री बस्त्रमा केहि लेखेर पसलको छतमा टाँग्न थाले । यो त्यहाँको चलननै बन्यो । अहिले दैनीक २५० जना उनको पसलमा खान पिउन आउँछन र हरेकले आफ्ना भित्री बस्त्र छोडेर जान्छन् ।
-see more at: http://npkhabardarpan.blogspot.ae/
0 comments:
Post a Comment