Saturday, 12 September 2015

भारतीय सेनाप्रमुखको सेनालाई निर्देशनः युद्धका लागि तयार रहनुस्




 एजेन्सी ।
भारतीय सेना प्रमुख जनरल दलबीर सिंहले पाकिस्तानको नाम नलिइकन सीमा क्षेत्रमा तनावको संकेत गर्दै युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका छन् । युद्धको तयारीका लागि कम समय मिल्ने भन्दै उनले युद्धका लागि तयार रहन सेनालाई निर्देशन दिएका हुन् ।
सेनाप्रमुख दलबीर सिंहले पाकिस्तानले युद्धबिराम तोडिरहेको समयमा यस्तो चेतावनी दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
Indian Army Chief Dalbir Singh
सन् १९६५ को भारत पाकिस्तान युद्धको स्वर्ण जयन्तीको अवसरमा सेनाका तीन अंग सहभागी समारोहमा दलबीर सिंहले सीमामा लगातार युद्ध विराम तोडिएको र घूसपैठ समेत भैरहेको भन्दै युद्धका लागि तयार रहन निर्देशन दिएका हुन् ।
युद्ध विरामको उल्लङ्घन हुनु गम्भिर कुरा भएको बताउँदै सेनापति सिंहले सेनाको रणनीति युद्धका लागि तयारी रहिरहनु रहेको स्पष्ट पारे ।
सेनाका लागि खतरा र चुनौती बढीरहेको र आतंकबाद अव जम्मु र कश्मिरबाट बाहिर आउन खोजिरहेको समेत दावी गरे ।
पाकिस्तानसँगको सन् १९६५ को युद्धबारे चर्चा गर्दै दलबीर सिंहले उक्त लडाइँ भारतीय सेनाको महानता, साहस र दृढ संकल्पको उदाहरण भएको दावी समेत गरे ।

0 comments:

Post a Comment