काठमाण्डौं । मानिसको मुखमा अधिकतम ३२ वटा दाँत हुने गर्छ । तर, भारतका एक व्यक्तिको मुखमा ३७ वटा दाँत छन् ।
विजयकुमार नाम गरेका ३२ वर्षीय युवकको मुखमा यति धेरै दाँत छन् । उनलाई गिनिज बुकले ‘सबैभन्दा बढी दाँत भएको मानिस’को संज्ञासमेत दिइसकेको छ ।
गिनिज बुक अफा वल्र्ड रेकड्र्सले सन् २०१६ मा प्रकाशन गर्ने गिनिज बुकको संस्करणका सम्पादकहरूले भारतबाट मात्रै ५८ व्यक्तिले गिनिज रेकर्ड कायम गरेको भन्दै त्यसमध्ये विजयकुमार एक भएको बताएका छन् । दाँत बढी भए पनि आफूलाई खानेलगायत काममा अप्ठेरो नभएको विजयकुमारले बताए ।








0 comments:
Post a Comment