दुनियाँमा रंगभेदसँगसँगै धर्मका कारण पनि मानिसहरु एकआपसमा लडिरहेका छन् । एक धर्मले अर्को धर्मलाई निशेध गर्नेहरुको जमात व्यापक छ। फरक धर्मसँग पारिवारिक व्यवहार गर्न हुन्न भन्ने र त्यस्तो गर्न खोज्नेलाई देखि नसहनेहरुले समाज विभक्त रहने गरेको छ। तर, केही भने त्यसलाई प्रेमबाट चुनौती दिने गरेका छन्। प्रेम समाजको त्यो पर्खाल बेलाबेलामा नाघिरहन्छ। बलिउड पनि त्यसबाट अछुतो छैन्। मायाप्रेमकै कारण अलग-अलग धर्म मान्ने बलिउड फिल्मकर्मीले एकअर्कालाई जीवनसाथी बनाए।
शाहरूख-गौरी: शाहरूख खानले पनि आफ्नी प्रेमिका रहेकी हिन्दु केटी गौरीसँग प्रेम विवाह गरेका हुन्। उनीहरुलाई बलिउडको आदर्श जोडी मान्ने गरिन्छ। उनीहरुका तीन सन्तान रहेका छन्। शाहरूखले आफ्नो सफलताको पछाडि गौरीको साथ र सहयोग अहम रहेको बताउने गरेका छन्।
शर्मिला–मन्सुरः सैफ अली खानकी आमा शर्मिला टैगोर सन् ६० को दशककी चर्चित बलिउड अभिनेत्री थिइन् । जन्मँदा हिन्दु परिवारमा जन्मेकी शर्मिलाले भारतीय क्रिकेटका पूर्व कप्तान मन्सुर अली खान पटौदीसँग सन् १९६७ मा मा बिहे गरेकी हुन् । मन्सुर मुस्लीम परिवारका हुन् ।
करिना–सैफः हिन्दु धर्म मान्ने शाहिद कपुरसँग छुटेपछि करिनाको प्रेम सैफ अली खानसँग भयो । करिना कपुर हिन्दु परिवारकी हुन् भने सैफ सम्प्रदायले मुस्लीम समुदायका हुन् । त्यसो त सैफकी आमा भने हिन्दु हुन् । सैफ र करिनाले पाँच वर्ष प्रेम गरेर सन् २०१२ मा बिहे गरेका थिए ।
नरगिस–सुनिलः अलग धर्म मान्नेसँग बिहो गर्ने चलन नौलो भने होइन । सन् १९५८ मै मुस्लिम परिवारमा हुर्केकी नरगिसले हिन्दु परिवारका सुनिल दत्तसँग बिहे गरेकी थिइन् । १९५७ मा बनेको चर्चित भारतीय फिल्म ‘मदर इण्डिया’ खेल्दा यी दुईबीच प्रेम बसेको थियो । रोचक कुरा के भने फिल्ममा नरगिस सुनिलकी आमाकी भूमिकामा छिन् ।
सैफ–अमृताः करिना कपुरसँग बिहे गर्नुअघि नै सैफ अली खानले आफूभन्दा १२ वर्ष जेठी अमृता सिंहसँग बिहे गरेका थिए । अमृता शिख परिवारकी हुन् । उनीहरुले सन् १९९१ बिहे गरेका थिए भने २००४ मा सम्बन्धबिच्छेद गरेका थिए ।
रितेश–जेनेलियाः महाराष्ट्रका पूर्व मुख्यमन्त्री विलास रावका छोरा रितेश देशमुख हिन्दु सम्प्रदायका हुन् । पछिल्लो समय तेरे नाल लभ हो गया फिल्ममा सँगै देखिएकी जेनेलिया डिसुजा भने इसाई सम्प्रदायमा हुर्केकी हुन् । सन् २०१२ मा उनीहरुले दुवै धर्ममा आधारित चालचलनमा बिहे गरेका थिए ।
आयशा–फरहानः गुजराती हिन्दु परिवारमा जन्मिएकी अभिनेत्री आयशा टाकियाले भारतीय मुस्लिम राजनीतिज्ञ अब आजमीका छोरा फरहान आजमीसँग बिहे गरेकी छिन् । उनीहरुले सन् २००९ मा बिहे गरेका थिए ।
कबीर–मिनीः मुस्लिम परिवारका ‘बजरंगी भाइजान’ निर्देशक कबीर खानको बिहे हिन्दु परिवारकी मिनी माथुरसँग भएको हो । मिनी टेलिभिजन अभिनेत्री हुन् ।








0 comments:
Post a Comment