Friday, 25 September 2015

कतारमा आर्यनले 'दाइ एकछिन' भनेपछि......




शारजाहको घटनाले कतार अवार्ड केही खल्लो भयो। शारजाहमा भएका केही घटनाहरु बाहिर आए, तर आयोजकले औपचारिकरुपमा हालसम्म केही बोलेका छैनन्। तर, शारजाह घटनाको 'साइड इफेक्ट' नेफ्टा अवार्डको मञ्चमा भने देखियो।
'एयर अरेबिया'का कर्मचारीले नेपाली फिल्मकर्मीलाई दुर्व्यवहार गरेकोदेखि अभिनेता आर्यन सिग्देल र चलचित्र विकास बोर्ड अध्यक्षबीच सुत्ने क्रममा विवाद भएका सम्मका कुरा बाहिर आए। बिहिबार राती कतारमा भएको अवार्डमा 'पपुलर' विधा अन्तर्गतको 'पपुलर वर्ष अभिनेता' घोषित भएका आर्यनले सार्वजनिक भएको समाचारलाई लिएर अवार्ड ग्रहण गरे लगत्तै मञ्चमै असन्तुष्टि पोखे। 
अवार्ड उचालेपछि कार्यक्रम उद्घोषक नरेश भट्टराई पपुलर वर्ष अभिनेत्रीको अवार्ड घोषणातर्फ लाग्न खोज्दा आर्यनले 'दाइ एकछिन्' भन्दै समाचारप्रतिको आफ्नो असन्तुष्टि व्यक्त गरे। अवार्ड लिएपछि उनले अवार्डका लागि सबैलाई धन्यवाद भन्दै 'ती संचारकर्मी, जसले शारजाहमा भएको कुरालार्इ गलत ढङ्गले समाचार लेखे, उनीहरुलाई पनि समर्पण गर्छु।'
यसो भनिरहँदा त्यसमा 'धन्यवाद' शब्दमा थियो भावमा थिएन। भावमा ठुलो आक्रोश मात्र थियो।

0 comments:

Post a Comment