काठमाडौं, भदौ २० । एसेस क्रिकेट श्रृङ्खला अन्तर्गत इंगल्याण्ड बिरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा अष्ट्रेलिया बिजयी भएको छ ।
शनिबार राती सम्पन्न खेलमा इङ्गल्याण्डलाई ६४ रनले पराजित गर्दै अष्ट्रेलियाले ५ खेलको एकदिवसीय श्रृङ्खलामा २–० को अग्रता लिएको हो ।
अष्ट्रेलियाका लागी कप्तान स्टेभन स्मिथले ७० तथा मिचेल मार्सले ६४ रनको योगदान गरे । जबाफमा ३ सय १० रनको बिजयी लक्ष्य पछयाएको घरेलु टोली इंगल्याण्ड ४२ दशमलब ३ ओभरमा २ सय ४५ रनमै अलआउट भयो ।
इंगयाण्डकका लागि कप्तान इयान मोर्गनले ८५ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा टोली पराजित हुन पुगेको हो ।
यस अघि खलिएको पहिलो एकदिवसीय खेलमा पनि इंगल्याण्डले अष्ट्रेलियालाइ नतिजा सुम्पिएको थियो । अब यि दुइ राष्ट्रबिचको तेश्रो एकदिवसीय खेल आगामी मंगलबार म्यान्चेष्टरमा हुने छ ।








0 comments:
Post a Comment