धनगढी–थरुहट/थारुवान संयुक्त संघर्ष समिति कैलालीका संयोजक तथा थारु कल्याणकारिणीसभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई बिहीबार विहान धनगढीबाट पक्राउ गरेको छ।
टीकापुरमा भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक नाबालकको हत्या भएको घटनाको अनुसन्धानकालागि संयोजक चौधरीलाई धनगढी नगरपालिका– ३ मिलन चोकस्थित घराटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक बिक्रम चन्दले बताए ।
यसअघि बुधबार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारु पक्राउ परेका थिए। यसैगरी बुधबार नै टीकापुरबाट विकास चौधरी, दिलिप चौधरी र लिखाराम चौधरीलाई पक्राउ गरिएको थियो ।
यसैबीच टीकापुरमा भदौ ७ गतेको घटनामा संलग्न भएको अभियोगमा लक्ष्मण थारुसहित प्रहरीको नियन्त्रणमा रहनेको संख्या २१ पुगेको । पक्राउ परेका मध्य १६ जनाको अदालतबाट म्याद थप भइसकेको एसपी चन्दले बताए ।
भदौ ७ गते टीकापुर नगपालिका कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखेको साइनवोर्ड झुण्ड्याउने र प्रदर्शन गर्ने भनिएको कार्यक्रममा प्रदर्शनकारीका तर्फवाट एसएसपी न्यौपाने, दुई प्रहरी निरीक्षकसहित ८ प्रहरी र एक नावालकको टीकापुर ६ शंकरपुरमा हत्या गरिएको थियो।








0 comments:
Post a Comment