केही दिनअघि बलिउड अभिनेता ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानले ऋतिककै नजिकका साथीसँग बिहे गर्ने हल्ला चलेको थियो। बलिउड मिडियाले यही विषयमा सुजैनले कतै अर्जुन रामपालसँग त बिहे गर्न लागेकी होइनन्? भन्ने गसिप बनाएका थिए।
सो गसिपपछि अर्जुनले ट्विट गरे,‘यो खेल जसले खेलिरहेको छ, त्यो ऊ भित्र भएको असुरक्षित भावनाको परिणाम हो। म आशा गर्छु, तिनीहरुमा आत्मविश्वास आओस् र आफैंलाई माफ गर्ने शक्ति मिलोस्।’
कुन सन्दर्भमा लेखेको भन्ने स्पष्ट नभएपनि बिहेको हल्लापछि तुरुन्तै यस्तो अभिव्यक्ति आएकाले सुजैन खानको विषयमा नै भएको आँकलन गरिएको छ।
यसैबीच, सुजैनकी आमाले भने बिहेकै प्रसंगमा बोलेकि छिन्। उनले भनिन्,‘मेरी छोरीको जीवनमा त्यस्तो विशेष मानिस छैन जसको साथ ऊ दोस्रो बिहे गर्ने बारेमा सोचोस्। मलाई केही थाहा छैन यस्तो अफवाह कहाँबाट आइरहेछ? कसले फैलाइरहेछ?’








0 comments:
Post a Comment