तीज कार्यक्रमका लागि अमेरिका जाने पक्का भएपछि अन्तिममा अमेरिकी दुतावासले भिषा नदिएपछि नर्वेको ओस्लो पुगेकी गायिका कोमल ओलीले त्यहाँ पनि आफुलाई ‘गोजीमा गाँठ भा’को केटा’ खोज्न भ्याएकी छिन् ।
तीज विशेष कार्यक्रममा गीत गाउँदै गायका ओलीले यस्तो बताएकी थिइन् । रातो साडी र चोलीमा प्रस्ततु भएकी कोमलले आफ्ना थुप्रै तिज गीत र अन्य आधुनिक गीतहरु गाएकी थिइन् । नर्वेमा बसोबास गर्ने नेपालीलाई कोमलले भरपुर मनोरञ्जन दिएकी थिइन । नर्वेमा बसोबास गर्ने नेपाली परिवारसँग भेटेर माया बाँडन पाउँदा खुसी लागेको आफ्नो प्रस्तुती पछि कोमलले बताएकी छिन् ।
उनले उक्त कार्यक्रममा हल्ला भो शिबजी, नाँचौ हामी डिस्को, गोजीमा गाँठ भाको लगायतका दर्जनौ गीतहरु गाएकी थिइन् । ओलीले अगाडी भनिन्, ‘नर्वेमा बस्नेहरु नेपाली सँस्कृतिप्रति असाध्यै सचेत हुनुहँदो रहेछ । निकै खुसी लाग्यो । आफु जन्मेको ठाउँ दाङ जाँदा जुन माया पाउँथे, नर्वेका दिदी बहिनीले पनि त्यस्तै माया गर्नु भयो ।’








0 comments:
Post a Comment