
सामसुङ कम्पनीले आफ्नो नयाँ फोेन ग्यालेक्सी ए–८ नेपाली बजारमा ल्याएको छ। सामसुङको अहिले सम्मकै पालतो मानिएको यो स्मार्ट फोनको मोटाई जम्मा ५.९ मिमि रहेको छ। नेपाली बजारमा ग्यालेक्सी ए–८ को मूल्य ५३ हजार ९ सय रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।
कस्तो छ मोवाइल?
यसको स्कृन ५ दशमलव ७ इन्च (१०८०×१९२० पीक्सेल रिजोलुसन) सुपर एमोलेड फुल एचडी डिस्प्लेमा रहेको छ।
त्यस्तै हार्डवेयर १.५ जीएचजेड ओक्टाकोर र क्वालकम स्न्यापड्रयागन ६१५ प्रोसेसरमा रहेको छ।
र्याम– २ जीबी रहेको छ। १६ जीबी तथा ३२ जीबी इन्टरनल मेमोरी रहेकोमा १२८ जीबीसम्म बढाउन मिल्ने कम्पनीले जनाएको छ।
त्यस्तै अगाडिको क्यामरा ५ मेगापीक्सेल र पछाडि १६ मेगापीक्सेल (एलइडी फ्ल्यास)मा रहेको छ।
अपरेटिङ सिस्टम–एन्ड्रोइड ५.१.१ ललिपपमा चल्ने मोवाइलको ब्याट्रि ३०५० एमएएच पावर रहेको छ।
१५१ ग्राम तौल रहेको मोवाइलको डाइमेन्सन १५८ × ७६.८ × ५.९ मिमि रहेको छ।
यसका अलवा मेटलबडी, फिंगरप्रिन्ट सेन्सर, ४ जी वाईफाई, जीपीएस, ब्लुटूथ लगायतका विशेषताहरु मोवाइलमा रहेको छ।
0 comments:
Post a Comment