काठमाडौं– नयाँ संविधानलाई औपचारिक रुपमा लागू हुन लागेको अवसरमा हाँस्यकलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सबैलाई खुसीयाली मनाउन आग्रह गरेका छन्। 'नयाँ संविधानले सम्पूर्ण पक्षलाई ल्याउनसके बल्ल देशमा शान्ति आउँछ।
'अहिले हामीले खुसीयाली मनाइरहेका छौं। मधेस र तराईका जनताले समेत खुसीयाली मनाउन सकेका छैनन्। नयाँ संविधानलाई स्वागत गरेर कमी कमजोरीलाई संशोधन गर्ने माग राख्न सक्छौं,' हरिवंश आचार्यले नागरिकन्युजसँग भने। उनले राजनैतिक क्रान्तिभन्दा नेपालमा रहेको प्राकृतिक सम्पदालाई प्रयोग गरेर आर्थिक कान्ति गर्न सबैलाई आग्रह गरेका छन्।
'अब राजनीतिक क्रान्ति कम गरेर आर्थिक क्रान्तिको ढोका खोल्नुपर्छ,'उनले भने,'आजको हामी नेपालीको इतिहासको बन्दैछ। नेपालको पूर्णनिर्माणमा जुटेर देश विकास गर्न हातेमालो गर्नु अवश्यक रहेको छ।'
हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ नयाँ संविधानले जनताको मागलाई सम्बोधन गरेको हुनसक्नेमा आशावादी भए। 'हामी सम्पूर्ण नेपालीको लागि नयाँ संविधान आउनु खुसीको कुरा हो । अहिले प्रदेशिय विभाजनले निम्याएको तराई आन्दोलनमा होमिएका जनतालाई समेत यस संविधानले सम्बोधन गरेको हुनुपर्छ। त्यसैले अव नेपाली जनताले दुःख पाउनुहुन्न्,'उनले भने,'नयाँ संविधानले सबै जातजातिको प्रतिनिधित्व गर्न सकोस् । हाम्रो सन्नतीहरुले दुःख पाउनु हुन्न्।'

0 comments:
Post a Comment