Wednesday, 23 September 2015

मधेसी दलहरुले उछालेको नारामा सत्यता छैन : अर्थमन्त्री


पोखरा, असोज ६ । अर्थमन्त्री डा. रामशरण महतले बन्द, हडताल र तोडफोडले देशलाई झन् दरिद्र बनाउने भन्दै प्रतिगमनकारी काम छाडेर संवामा आउन आग्रह गरेका छन् ।

बुधबार पोखरामा नागरिक लगानी कोषको शाखा कार्यालयको शुभारम्भ गर्दै उनले केही मधेसवादी नेताको निहीत स्वार्थका कारण लामो समयदेखि मधेसमा बन्द भइरहेको र त्यसका कारण मधेसी जनता र अर्थतन्त्रले सास्ती ब्यहोर्नुपरेको बताए ।

नयाँ संविधानले सबैका मागहरु सम्बोधन गरिसकेको उल्लेख गर्दै मन्त्री महतले ‘मधेसी दलहरुले उछालेको नारामा सत्यता छैन’–भने ।

अब नेपाली जनता जुटेर आर्थिक क्रान्ति गर्ने बेला आएको उनको भनाइ थियो ।

0 comments:

Post a Comment