Saturday, 26 September 2015

प्रचण्डले नै बाबुरामलाई पार्टी परित्यागको सल्लाह पठाएका थिए

baburam-prachanda_20110830094421

बाबुराम र प्रचण्डबीचको एमाओवादीमा सहकार्य संविधान घोषणा नभएसम्मको लागि मात्र हो कि भन्ने धेरैको आँकलन सही भएको छ ।
प्रचण्डलाई नजिकवाट चिन्नेहरु भन्छन् कि प्रचण्डको अध्यक्ष पद नै ताकिसकेपछि बाबुरामलाई प्रचण्डले कुनै उपायले पन्छाउन खोज्ने थिए नै, अहिले भने बाबुराम अली तल परे जस्तो भएको मौका छोपेर प्रचण्डले असोज १० गतेको वैठकमा बाबुराममाथि कारवाही गर्ने तयारी गरेका थिए ।
प्रचण्डले बाबुराम निकट केन्द्रिय नेताहरुलाई एक्ला एक्लै वोलाएर बाबुरामले कि त प्रचण्डलाई पुरै सघाउन पर्ने र आत्मालोचना गर्न पर्ने र होइन भने बाबुरामलाई अनुशासनको कारबाही गर्ने सन्देश सुनाएका थिए । प्रचण्डले सिधैं बाबुरामलाई खवर पठाए कि या त आत्मालोचना गरेर प्रचण्डलाई अबका दिनमा सहयोग गर्नुस्, नभए सल्लाह गरेर अलग हुनुस्, नत्र भने कारबाहीको प्रकृया अगाडि वढाउन वाध्य हुनु पर्नेछ ।
प्रचण्डले बाबुरामको निकटका एक केन्द्रिय नेता मार्फत पार्टी छोड्नुस् र अरु पनि जो जो बाबुराम संगै जाने हुन् जानुस् भनेर खवर पठाए । बाबुराम अहिले नै पार्टी परित्याग गर्ने मनस्थितिमा थिएनन् भन्ने उनी निकट नेताहरु वताउँछन् ।
बाबुराम पक्षको तयारी पार्टीमै बसेर अन्तरसंघर्ष चलाउँदै गर्ने भन्ने थियो । तर प्रचण्डको सन्देशपछि बाबुरामले यहि समयमा पार्टी परित्याग गर्ने र प्रचण्डको धम्की सामु आत्मालोचना नगर्ने मनस्थिति वनाए ।
बाबुराम समर्थक अरु नेता कार्यकर्ताहरु भने कसरी जाने भन्ने विषयमा सल्लाह गर्दैछन् । एक नेताका अनुसार बाबुराम पक्षीय नेताहरुले एमाओवादी भित्रै बसेर अन्तरसंघर्ष गर्नेछन् र बाबुरामले बाहिरबाट नयाँ पार्टीको तयारी गर्ने छन् ।

0 comments:

Post a Comment