Saturday, 19 September 2015

खेलका कामुक 'वाइफ एन्ड गलफ्रेन्ड' फोटो फिचर सहित


'वाग' अर्थात् वाइफ एन्ड गलफ्रेन्ड। यो शब्द खेलकुदका लागि नौलो होइन। अर्थात् खेलाडीका पत्नी र प्रेमिकालाई बुझाउन ब्रिटिस ट्याबलोयडले दिएको उपहार अहिले विश्वभीरका सञ्चारमाध्यमका लागि खुराक बनिसकेको छ। 
 
सूचना प्रविधिले विश्व साँघुरो बनिरहेको सन्दर्भमा हरेक शब्दलाई छोटकरीमा भन्ने चलन अहिले व्याप्त छ। यसैलाई अंगीकार गर्दै बेलायती पत्रिकाले सुरु गरेको वागको चलनचल्ती अहिले निकै बढेको छ।
सन् २००२ मा पहिलोपटक 'वाग' शब्दको प्रयोग मिडियामा भएको थियो। सन् २००६ को विश्वकप फुटबलमा यो शब्द निकै लोकप्रिय भयो। 'वाग'लाई चलनचल्तीको बनाउन चर्चित फुटबलर डेभिड बेकह्याम र उनकी पत्नी भिक्टोरिया बेकह्यामको सबैभन्दा ठूलो योगदान छ। 

सन् २००६ को विश्वकपमा त्यसबेलाका कप्तान बेकह्याम र उनकी पत्नी भिक्टोरियाको निकै चर्चा भयो। बेकह्याम उक्त विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिनुमा पनि भिक्टोरिया एन्ड वाग कम्पनीको हात भएको आरोप बेलायती मिडियाले लगाए।
वागले खेलाडीको प्रदर्शनमा नकारात्मक असर पुर्‍याउने गरेको आरोप बेलाबेला लाग्ने गरेको छ। त्यसैले हरेक विश्वकप क्रिकेट होस् वा फुुटबल सबैमा वागको सहभागिताको बारेमा बहस हुने गर्छ। कुनै देशका प्रशिक्षकले वागलाई खेलाडीसँगै बस्न दिन्छन् त कसैले दिँदैनन्।
त्यसैले प्रतियोगितामा खेलाडीको यौनसम्पर्क पनि वागसँग जोडिएर आउने गर्छ। बेलायतको सन् टाइमले त भिक्टोरियालाई ‘क्विन अफ वाग’ र ‘दि अर्जिनल वाग'को ताज नै भिराइदियो।

सञ्चार माध्यमले दिने प्राथमिकताका आधारमा वागको लोकप्रियता बढिरहेको छ। यही कारणले नै फुटबल र क्रिकेटका टप १० वागको घोषणा वार्षिक रूपमा हुने गरेको छ।
 
गत महिना विभिन्न वेभसाइटले जारी गरेको टप टेनमा परेको फुटबलरमा वागको शीर्ष स्थानमा साम कुक छन्। उनी इङ्ल्यान्डका रक्षक त्रिस स्मलिङकी प्रेमिका हुन्। उनी पेसाले मोडल हुन्। तर पनि उनको चर्चा सबैभन्दा कामकु वागका रूपमा बढी हुने गरेको छ।
यसैगरी दोस्रोमा फ्रेन्च फुटबलर बाकारी साग्नाकी पत्नी लुडिभिन काड्री साग्ना छन्। तेस्रोमा स्पेनका फुटबलर मिकेल आर्टेटाकी पत्नी लोरेना बेर्नाल छन् । यसैगरी चौथोमा डच फुटबलर डेली ब्लाइन्डकी प्रेमिका कान्डी राई फ्लोर चौथोमा छन्। 
जर्मनीका बास्टियन वास्टिनाइगरकी प्रमिका अन्ना इभानोभिच पाचौं स्थानमा छन्। छैटौंमा भने विश्व फुटबलर क्रिस्टियानो रोनाल्डोकी प्रेमिका इरिना सायक छन्। रुसी सुपर मोडल इरिना झन्डै चार वर्षसम्म रोनाल्डोकी पे्रमिका बन्न सफल भइन्। 
अन्यथा प्लेवाई छविका रोनाल्डो प्रेमिका फेर्न माहिर छन्। उनको नाम धेरै सुन्दरीसँग जोडिसकेको छ।कति वाग आफ्नै क्षमता र प्रतिभाले प्रख्यात छन् । कतिपय भने सेलिब्रेटी खेलाडीसँग नाम जोडिएपछि एकाएक आफैं सेलिब्रेटी बनेका छन्।
क्रिकेटरको वागको सूचीमा शीर्ष स्थानमा बलिउड नायिका अनुष्का शर्मा छिन्। भारतीय क्रिकेट टोलीका उपकप्तान विराट कोहलीकी प्रेमिका हुन् अनुष्का। दोस्रोमा अस्ट्रेलियाका तेज बलर मिचेल जोन्सनकी पत्नी जेसिका ब्रातिटच छन्।
उनले सन् २००६ को कराँते विश्व च्याम्पियनसिपमा कांस्य पदक जितेर तहल्का मच्चाएकी थिइन् । तर अहिले उनी आफ्नै व्यवसायमा रमाइरहेकी छन्।
तेस्रोमा अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्ककी पत्नी काइले क्लार्क छन्। 
काइले अस्ट्रेलियाको मोडल एवं टीभी कार्यक्रम प्रस्तोता हुन्। चौथोमा इङ्ल्यान्डका पूर्वक्रिकेटर केभिन पिटर्सनकी पत्नी जेसिका टेलर छिन् । गायिका एवं मोडल उनी सन् २००८ देखि पिटर्सनसँग जोडिएकी हुन्। 
पाँचौं नम्बरमा इङ्ल्यान्डका क्रिकेटर स्टुअर्ड ब्रोडकी प्रेमिका केसी लुइसा छिन्। बाल कलाकारको रूपमा टेलिभिजन पर्दामा देखिन थालेकी केसी अहिले बेलायकै चर्चित कलाकारसमेत हुन्।
सबै खेलाडीले वागको समर्थन गर्छन् भन्ने छैन। यसका सबैभन्दा खरो विरोधी भने इङ्ल्यान्ड एवं म्यानचेस्टर युनाइटेडका पूर्वफुटबलर रियो फर्डिनान्ड हुन्। उनले वागको गतिविधिलाई सर्कसको सज्ञा दिँदै निकै आलोचना गरेका थिए।-एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment