Saturday, 26 September 2015

भर्टु प्रिमियमले ल्यायो २२ लाखको स्मार्टफोन




भर्टु प्रिमियम स्मार्टफोन ब्रान्डले आफ्नो सिग्नेचर टच स्मार्टफोन सार्वजनिक गरेको छ। यस स्मार्टफोनको मूल्य करिब १० लाख रुपैयाँ देखि लिएर २२ लाख रुपैयाँसम्म रहेको छ।
स्मार्टफोनको मूल्य उक्त फोनको लेदर बडी कभरमा भर पर्छ। यो फोन कम्पनीको सिग्नेचर मोडेलको नयाँ संस्करण रहेको छ। नयाँ सिग्नेचर मोडेल ८ विभिन्न रङ्गहरुमा उपलब्ध रहेको छ। 
यसको फोनको  विशेषता भनेको यस फोनमा धातुको गल विङ डोर दिइएको छ। यो पछाडिको क्यामराको दुवै तर्फ बनेको छ, जसमा एक तर्फ माइक्रो एसडी कार्ड स्लट रहेको छ भने अर्को तर्फ सिम कार्ड स्लट रहेको छ।
वर्टु सिग्नेचर टच स्मार्टफोनका विशेषताद यसप्रकार रहेका छन्ः
स्क्रिनः ५.२ इन्च (१०८०×१९२० पीक्सेल रीजोलुशन) फुल एचडी डिस्पले
हार्डवेयरः १.५ जीएचजेड ओक्टाकोर, क्वालकम स्न्यापड्र्यागन ८१० प्रोसेसर
र्‍यामः ४ जीबी, ६४ जीबी इन्टरनल मेमोरी, २ टीबी सम्म बढाउन मिल्ने
क्यामराः अगाडि २.१ मेगापीक्सेल र पछाडि २१ मेगापीक्सेल (डुअल टोन एलइडी फ्ल्यास)
अपरेटिङ सिस्टमः एन्ड्रोइड ५.१ ललीपप
ब्याट्रीः ३१६० एमएएच पावर
डाइमेन्सनः १५५×७४×१०.८ मिमि
अन्य सुविधाः ४ जी एलटिइ, एनएफसी, ब्लुटुथ ४.०, वाईफाई, वाईफाई हटस्पट, जीपीएस, माइक्रो युएसबी आदी।

0 comments:

Post a Comment